jhapaonline add

झापा, १६ असार । धान उत्पादनमा अग्रणी जिल्ला झापामा यस वर्ष असार १५ गतेसम्ममा ७ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टका अनुसार मनसुन सुरु भएयता असारको पहिलो सातादेखि धान रोपाइँ सुरु भएकोमा असार १५ सम्ममा ७ प्रतिशत रोपाइँ भएको हो । जिल्लामा असार २० देखि साउन १५ सम्ममा ७५ प्रतिशत रोपाइँ भइसक्छ । एक लाख ६० हजार ६ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ४५९.१८ हेक्टरमा धान खेती हुने गरेको छ । गत वर्ष ७२ हजार हेक्टर जमिनमा बर्खे धान लगाइएको…

Read More

झापा, १६ असार । आज सुनचाँदीको भाउ घटेको छ । हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । आज सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

झापा, १६ असार । जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रशासनले सोमबार जारी गरेको विज्ञप्तिमा मनसुनी गतिविधि तीव्र भई मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै, अकस्मात् बाढी आउन सक्ने खोला तथा खहरेको बाटो प्रयोग नगर्न, खोला–खहरे नतर्न र सुरक्षित स्थानबारे पूर्वजानकारी लिन आग्रह गरिएको छ। झापाका प्रमुख नदी कनकाई, बिरिङ, रतुवा,…

Read More

झापा, १६ असार । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । आज र भोलि मनसुनी गतिविधि बढ्ने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । बङ्गालको खाडीमा…

Read More

सन्तोष शर्माझापा, १६ असार । झापामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ । कृषकले उचित मूल्य नपाउँदा जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो । झापामा चालू आर्थिक वर्ष २०८२÷०८३ मा १६ हजार सात सय ५८ हेक्टर क्षेत्रफलमा ८९ हजार छ सय ५५.३ मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । जुन परिमाण गत वर्षको तुलनमा सात हजार चार सय ७८.७ मेट्रिकटन कम हो । आर्थिक वर्ष २०८१÷०८२ मा १९ हजार नौ सय ५० हेक्टरमा एक लाख छ हजार एक सय ३४ मेट्रिक…

Read More

भद्रपुर, १६ असार । लियो क्लब अफ भद्रपुरको अध्यक्षमा भद्रपुर ८ निवासी आराध्या प्याकुरेल सर्वसम्मत चयन भएकी छिन् । भर्खरै सम्पन्न AGM बाट प्याकुरेलको नेतृत्वमा सन् २०२६/२०२७ कार्यकालका लागि क्लबको नयाँ कार्यसमिति चयन गरिएको हो । ​नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रतीक साह रौनियार, द्वितीय उपाध्यक्षमा आदित्य दास, सचिवमा आरोग्य तिम्सिना र कोषाध्यक्षमा रिदिप अधिकारी सर्वसम्मत चयन भएका छन् ।​त्यस्तै, कार्यसमितिको सदस्यहरूमा मनीष पौडेल, शुभम कर्ण, सुस्मिता राई, कुशल महत, भारती शर्मा, सुन्दरम चौधरी, यथार्थ कार्की र आयुषा पोखरेल चयन भएका छन् । ​नवनिर्वाचित अध्यक्ष प्याकुरेलले आफ्नो कार्यकालमा क्लबलाई थप ऊर्जावान् र गतिशील बनाउँदै सेवाका क्षेत्रमा नयाँ मानक स्थापना गर्ने प्रतिबद्धता…

Read More

बुद्धशान्ति, १६ असार । झापाको बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति पदेन सदस्य अनिल वाग्लेको विशेष पहलमा वडा नं. १ का सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारका लागि नयाँ र परिणाममुखी कार्यक्रमहरू लागू गर्न थालेका छन् । विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघको सर्वसम्मत निर्णयपछि विद्यालयहरूले विद्यार्थीको सिकाइ, अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सुधारका कार्यक्रम अघि बढाएका हुन् । यस अभियान अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालय, होक्सेले प्रत्येक महिनाको अन्तिम सातामा मासिक परीक्षा सञ्चालन गर्ने, उत्कृष्ट विद्यार्थीलाई ‘स्टुडेण्ट अफ द मन्थ’ घोषणा गरी सम्मान गर्ने लगायतका कार्यक्रम सुरु गरिसकेको छ। विद्यालयका प्रधानाध्यापक कुमार आचार्यका…

Read More

झापा, १५ असार । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ आजविभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू–भागमा साधाराणतया बादल लागेको छ र तराईका भू–भागमा आंशिक बादल लागेको छ…

Read More

झापा, १५ असार । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली भित्र्याउन खेतमा पसिना बगाउने मुख्य समय हो । तर, झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई भने यो बेला रोपाइँको चटारोभन्दा पनि ज्यान र धन जोगाउने चिन्ताले सताएको छ । भारततर्फबाट छावा ९हात्तीका बच्चा०सहित आएका जङ्गली हात्तीहरू गाउँमै दिनभर अखडा जमाएर बस्न थालेपछि यहाँका बासिन्दा यतिबेला त्रासमा बाँच्न विवश छन् । दैनिक ४० देखि ५० वटाको सङ्ख्यामा आउने हात्तीका बथान कहिले भारततर्फ फर्कन्छन् त कहिले दिनभर बाहुनडाँगीकै चियाबारी र झाडीहरूमा बस्ने गरेका छन् । छावासहित आएका हात्ती बढी आक्रामक हुने भएकाले गाउँमा कतिखेर कुन अप्रिय घटना हुने हो भन्ने त्रास फैलिएको…

Read More

झापा, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालीको मौलिक पर्वका रूपमा स्थापित यस दिवसमा धान रोपाइँ, असारे भाका, दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गर्नुभएको छ । सन्देशमा मुख्यमन्त्री कार्कीले भन्नुभएको छ, “पछिल्लो समय युवा जनशक्ति वैदेशिक पलायन र बसाइँसराइले खेती योग्य जमिन बाँझो हुँदा कृषि उत्पादनमा गम्भीर असर परेको छ ।” आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी…

Read More