jhapaonline add

अशोक थापा मगर निर्देशित फिल्म हो ‘जलाकी’ । फिल्मको पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगी र अन्जु पन्तको स्वर रहेको छ । सुरेन्द्र रानाको शब्द, गायक योगीकै संगीत रहेको गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् । गीतको भिडियो सुरेन्द्र राईले कोरियोग्राफी गरेका हुन् । गीतका अलवा निर्माण युनिटले फिल्म्का दुई पोष्टर सार्वजनिक गर्दै ४ मंसिर प्रदर्शन घोषणा गरेको छ । फिल्ममा सोनम र उपासनाको अलवा शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा…

Read More

उर्लाबारी, २२ साउन । मोरङको कानेपोखरी ४ का ८ वर्षीय बालक जीव दनुवारको स्थानीय भलुवा बाँधमा डुबेर मृत्यु भएको छ । कानेपोखरी ४ का वडासदस्य प्रदीप राईका अनुसार साथीहरूसँग बिहीबार दिउँसो करिब ४ बजे भलुवा खोलामा पौडी खेल्न गएका स्थानीय बिमल दनुवारका छोरा जीव बेपत्ता हुनुभएको हो । जीव राति ८ बजेसम्म घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए । त्यसक्रममा बालकसँगै पौडी खेल्न गएका साथीहरूले उनी खोलाको दहमा डुबेको जानकारी दिएका थिए। त्यसपछि उहाँका हजुरबुवा शुक्रबहादुर दनुवारले खोजी गर्दा सोही बाँधबाट बालकलाई मृत अवस्थामा निकालिएको थियो । प्रहरी चौकी रमाइलोबाट प्रहरी नायब निरीक्षक सदानन्दकुमार यादवले बालकको उद्धार गरी…

Read More

झापा, २२ साउन । राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२–८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । उक्त अवधिमा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन करिब रु एक अर्ब ७४ करोड ६० लाखले वृद्धि भएको हो । आर्थिक वर्ष…

Read More

बैङ्कक, २२ साउन । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा शुक्रबार भएको गोली हानाहानमा कम्तिमा चार जनाको मृत्यु भएको पुष्टि गर्दै अन्य १५ जना विद्यार्थी घाइते भएको आन्तरिक उप मन्त्री पोलापी सुवुन्चवीले बताउनुभएको छ । नोन्थाबुरी प्रान्तको उक्त विद्यालयमा भएको आक्रमणमा दुई जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको मन्त्री पोलापी सुवुन्चवीले स्थानीय प्रसारणकर्ता थाई पिबिएसलाई बताउनु भएको छ । अधिकारीहरूलाई उद्धृत गर्दै गरिएको स्थानीय मिडिया रिपोर्टका अनुसार बन्दुकधारीलाई किशोर अवस्थाका विद्यार्थीका रूपमा पहिचान गरिएको थियो घटनामा भने उनको मृत्यु भएको पनि रिपोर्ट गरिएको थियो । केही रिपोर्टहरूले प्रहरी अधिकारीहरूले संदिग्धलाई गोली हानेर मारेको पनि बताएका छन्…

Read More

झापा, २२ साउन । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत् सेवा कटौती गर्न लागिएको हो । सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रङ्गेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुने आयोजना प्रमुख दर्शन राय यादवले बताउनुभयो । रासस

Read More

झापा, २२ साउन । आज पनि सुन चाँदीको भाउ बढेको छ । । तीन दिनमा सुन तोलामा १३ हजार १०० रुपैयाँले बढेको हो । हिजो बिहीवार एकैदिन ८ हजार रुपैयाँले र आज सुनको भाउ ९०० रुपैयाँले बढेको छ । सुन आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि लगातार बढेको छ । हिजो पनि ९५ रुपैयाँले बढेर ४ हजार ५७० र आज तोलामा १० रुपैयाँँले बढेर चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

बिर्तामोड, २२ साउन । ह्वाइटहाउस एजुकेसन फाउण्डेसनअन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी बिर्तामोडले ‘रन फेस्ट’ र ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौं विश्वविद्यालय (केसीसी) बाट सम्बन्धन प्राप्त चार वर्षे ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआइटी) तथा ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (इन्फर्मेसन टेक्नोलोजी) को अध्यापन शुरुसँगै प्रविधि, नवप्रवर्तन र युवाको क्षमता विकासलाई केन्द्रमा राखेर ह्वाइटहाउस कलेजले बिर्तामोडमा यी दुई कार्यक्रम आयोजना गर्ने भएको हो । ह्वाइटहाउस कलेजले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका विषयमा जानकारी दिएको छ । ह्वाइटहाउस एजुकेसन फाउण्डेसनका अध्यक्ष युवराज शर्माले ह्वाइटहाउस एजुकेसन फाउण्डेसनका विषयमा जानकारी दिँदै कार्यक्रमका विषयमा जानकारी दिएका हुन् ।…

Read More

कनकाई, २२ साउन । झापाको कनकाई नगरपालिकाले आधारभूत तह कक्षा–८ उत्तीर्ण गर्न नसकेका बालबालिकाका लागि वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले दोस्रो पटक साउन १४ गते सूचना प्रकाशित गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा १९ को व्यवस्था अनुसार कक्षा–८ उत्तीर्ण नगरेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा १९ मा कुनै पनि नागरिकले मिति २०७८ वैशाख १ गतेदेखि आधारभूत तह कक्षा–८ उत्तीर्ण नगरेमा सरकारी तथा गैरसरकारी संघ, संस्थाबाट कुनै पनि सेवा, सुविधाबाट…

Read More

झापा, २२ साउन । झापा जिल्ला अदालतका प्रमुख न्यायाधीशका रूपमा सरुवा भएर आएका प्रकाश राउतलाई स्वागत गरिएको छ । दुई वर्षे कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेल काठमाडौं जिल्ला अदालतमा सरुवा भएपछि राउतले झापा जिल्ला अदालतको कार्यभार सम्हालेका हुन् । नयाँ प्रमुख न्यायाधीश राउतलाई प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, न्यायाधीशहरू अम्बिकाप्रसाद दाहाल, पारसमणि पोखरेल, लोकबहादुर हमाल, उषा श्रेष्ठ, नारायण रिमाल र डिल्लीप्रसाद आचार्य, अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाई, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक बसुन्धरा खड्का, जिल्ला सरकारी वकिल कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेशप्रताप शाह तथा अदालतका कर्मचारीहरूले स्वागत गरेका थिए । अदालत प्रशासन शाखाका अनुसार झापा जिल्ला अदालतमा नौ…

Read More

इलाम, २२ साउन । मेची राजमार्गअन्तर्गत माईखोला–राजदुवाली सडकखण्ड वर्षौंदेखिको पहिरो समस्याबाट मुक्त हुन सकेको छैन। पछिल्लो पटक करिब एक महिनादेखि सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारण दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी ओसारपसारसम्म कठिनाइ भोग्न बाध्य भएका छन्। २०७२ सालयता यो सडकखण्डको मर्मतमा करोडौँ रुपैयाँ खर्च भए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन। हाल २ करोड १४ लाख रुपैयाँभन्दा बढी लागतमा कङ्क्रिट वाल, ग्याबिन वाल, ड्रेनेज, सोलिङ तथा ग्राभेल गर्ने काम जारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। लगातारको वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको कार्यालयको भनाइ छ। स्थानीयवासीले भने पटक–पटक मर्मतमा ठूलो रकम खर्च गर्नुको सट्टा…

Read More