jhapaonline add

गोपाल पोखरेलझापा, ४ भदौ । झापाको हल्दीबारी गाउँपालिकाका विभिन्न क्षेत्रमा जङ्गली हात्तीको प्रवेश बढेपछि स्थानीयवासी त्रसित भएका छन्। चार दिनयता रातिको समयमा बस्तीमा पस्ने हात्तीले घर, गोठ, पसल, मन्दिर तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याउँदै आएको छ। आइतबार राति अर्जुन खड्काको गोठ र पसलमा प्रवेश गरेको हात्तीले अन्नबाली नष्ट गरेको थियो। सोमबार राति हल्दीबारी–३ स्थित श्री सुरेश्वर स्वर्गद्वारी शिव मन्दिर परिसरमा पुगेको हात्तीले त्यहाँका संरचनामा क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। मंगलबार राति पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय स्थलमा पुगेको हात्तीको समूहले कम्पाउन्ड वाल भत्काएको थियो। बुधबार राति पनि हात्तीले बस्तीका घर तथा अन्य संरचनामा क्षति पुर्‍याएको छ। डिल्लीराम ढुङ्गेल र गिरिजा…

Read More

भद्रपुर, ४ भदौ । झापाको भद्रपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ। गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ अनुसार भद्रपुर नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलाले नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय गरेको हो। नेपालकै चौथो नगरपालिका तथा विसं २००८ मै नगरपालिका बनेको ऐतिहासिकतालाई दृष्टिगत गर्दै हाल कायम भद्रपुर नगरपालिकाको भूगोललाई यथावत् राखी सीमाना जोडिएका भूगोललाई आवश्यकता र सहमतिका आधारमा समावेश गरेर उपमहानगरपालिका कायम गर्न सिफारिस गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता तथा सहजीकरणमा भएको भेलामा उपप्रमुख राधा कार्कीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्वनगरप्रमुख, वडाध्यक्ष, संघसंस्थाका…

Read More

झापा, ४ भदौ । आज देशका विभिन्न स्थानका खोला तथा नदीमा बहाव बढ्ने र आसपासका क्षेत्रमा बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहान ८ बजेको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर दिउँसो तथा रातिको समयमा नदीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत तथा आसपासका जिल्लाबाट बहने ससाना नदी तथा खोलामा…

Read More

झापा, ४ भदौ । बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। प्रहरीले दिएको जानकारीअनुसार इलाम, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, लमजुङ र रुकुम पश्चिमका प्रमुख सडकखण्ड पूर्णरूपमा बन्द भएका छन्। इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्तीलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली–मैलुङ सडक, नुवाकोटमा टोखा–छहरे सडक, लमजुङमा बेँसीसहर–मनाङ सडक र रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडक पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। मेची राजमार्ग अवरुद्ध भए पनि इलाममा वैकल्पिक सडकबाट सवारी आवतजावत भइरहेको छ। काभ्रेमा बीपी राजमार्ग रातिको समयमा बन्द रहे पनि दिनमा भने सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, बागलुङमा कालीगण्डकी करिडोर तथा मुस्ताङमा बेनी–जोमसोम…

Read More

झापा, ४ भदौ । झापामा प्रहरीले ११ ग्राम १५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–५ चोलुङटोलस्थित टुक्रे बजारमा चेकजाँच गर्ने क्रममा मंगलबार उनीहरूलाई पक्राउ गरेको हो । इलाम जिल्लाको पेल्टिमारीबाट कमल हुँदै दमकतर्फ आउँदै गरेको मे ११ प ८१७७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलमा सवार तीन जनामाथि शंका लागेपछि प्रहरीले तलासी लिएको थियो। उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ प्लास्टिकसहित १७ ग्राम ९६० मिलिग्राम र प्लास्टिकबाहेक ११ ग्राम १५० मिलिग्राम फेला परेको…

Read More

झापा, ४ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भूभागमा बदली रहनेछ। हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशको तराई…

Read More

झापा, ३ भदौ । सरकारले उपभोक्ता र उद्योगलाई सहुलियत दिन बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा विद्युत् महसुल पुनरावलोकन गर्न गठित समितिले आज बैठक गर्दैछ। नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ प्रतिनिधि छन्। वर्षायाममा विद्युत् उत्पादन बढेर खेर गइरहेको अवस्थालाई मध्यनजर गर्दै ‘सिजनल ट्यारिफ’मार्फत बिजुली सस्तो बनाएर आन्तरिक खपत बढाउने तयारी गरिएको शाहीले बताउनुभयो। उद्योगलाई समेत सहुलियत दिई त्यसको लाभ उपभोक्तासम्म पुर्‍याउने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। समितिले महसुल घटाउने उपायबारे छलफल गरी छिट्टै निर्णय गर्ने तयारी…

Read More

झापा, ३ भदौ । कोशी प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई सरकारको प्रवक्तामा तोकेको छ । नयाँ मन्त्रिपरिषद् विस्तारपछि बसेको पहिलो बैठकले प्रदेश लोकसेवा आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । बैठकले राजनीतिक तथा प्रशासन समिति, कानुन, न्याय तथा प्रदेश मामिला समिति र आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो। यस्तै, मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र पनि स्वीकृत गरिएको छ।

Read More

झापा, ३ भदौ । सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक, इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका शिक्षकको साविक पारिश्रमिकमा १० प्रतिशत वृद्धि गरेको हो । यससँगै माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ बाट ४८ हजार ५८ र आधारभूत तहका शिक्षकको ३४ हजार ७३० बाट ३८ हजार २०३ पुगेको छ । त्यस्तै, इसिडी सहजकर्ता, विद्यालय सहयोगी र लेखा हेर्ने विद्यालय कर्मचारीको सङ्घीय अनुदानमा मासिक पाँच हजार वृद्धि गरिएको छ । नयाँ व्यवस्थाअनुसार उनीहरूको पारिश्रमिक क्रमशः १७ हजार, १५ हजार र २० हजार पुगेको छ । पारिश्रमिक वृद्धि कार्यान्वयनपछि…

Read More

झापा, ३ भदौ । गत साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो । निगमका अनुसार गत साउनमा ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ । गत असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिनुभयो । साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर बिक्री वितरण भएको निगमले जनाएको छ । असार महिनाका तुलनामा गत साउनमा…

Read More