
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ६ भदौ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ। विशेषगरी कोशी र नारायणी बेसिनका नदीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ। शनिबार बिहान ८ बजे जारी गरिएको बाढी पूर्वानुमान बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू सतर्कता तहभन्दा तल बगिरहेका छन्। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सतर्कता तहभन्दा तल रहेको छ। आगामी तीन दिन कोशी बेसिनका दूधकोशी, तामाकोशी, सुनकोशी, तमोर, अरुणलगायत नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। त्यस्तै, नारायणी बेसिनअन्तर्गत नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा पनि जलसतह…
झापा, ६ भदौ । म्याग्दीको मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बहानामा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीतकुमार, ३५ वर्षीय राजकुमार साह र २१ वर्षीय सन्निकुमार दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार गरगहना सफा गरिदिने बहानामा रसायनको प्रयोग गरेर तौल कटाएर ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई दरवाङ र बाबियाचौरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
झापा, ६ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।…
बिर्तामोड, ५ भदौ । समाज परिवर्तनसँगै नागरिकका आवश्यकता, प्राथमिकता र सरोकारका विषय पनि बदलिँदै गएका छन् । यही उद्देश्यलाई आत्मसात गर्दै झापाबाट प्रकाशित हुँदै आएको ‘सुखानी सन्देश’ साप्ताहिकले अब मासिक म्यागेजिनका रूपमा नयाँ यात्रा शुरु गरेको छ । २०७९सालबाट प्रकाशन प्रारम्भ गरेको ‘सुखानी सन्देश’ले आफ्नो प्रकाशन यात्राका क्रममा स्थानीय समाजका विविध विषय, समस्या, सम्भावना र उपलब्धिलाई प्राथमिकताका साथ उठाउँदै आएको थियो । यस अवधिमा पत्रिकाले तीन वटा विशेषांकसमेत प्रकाशन गरिसकेको छ । पाठकको रुचि, समयको माग र स्थानीय विषयवस्तुको गहिराइलाई ध्यानमा राख्दै साउन महिनाबाट ‘सुखानी सन्देश’ मासिक रुपमा प्रकाशन हुन थालेको सम्पादक राजु पाठकले जानकारी दिए । मासिक म्यागेजिनको पहिलो…
बुद्धशान्ति, ५ भदौ । झापाको बुद्धशान्ति गाउँपालिका–१ नम्बर वडा कार्यालयले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले तीनवटा क्लबमार्फत फुटबल प्रशिक्षण सञ्चालन गर्न बजेट विनियोजन गरेको छ। वडाले भोटेटार, होक्से र बुधबारे क्षेत्रमा सक्रिय तीनवटा क्लबलाई प्रशिक्षण सञ्चालनका लागि बजेट उपलब्ध गराएको हो। न्यू स्टार यूथ क्लब भोटेटारलाई भोटेटार खेलमैदान, होक्से युवा क्लबलाई त्रिभुवन माध्यमिक विद्यालयको खेलमैदान र आदर्श क्लब बुधबारेको बुद्धआदर्श माध्यमिक विद्यालयको खेलमैदानमा प्रशिक्षण सञ्चालन गर्ने गरी बजेट छुट्याइएको छ। वडाध्यक्ष अनिल वाग्लेका अनुसार चालु आर्थिक वर्षमा तीनवटै क्लबलाई ५०र५० हजार रुपैयाँका दरले कुल १ लाख ५० हजार रुपैयाँ फुटबल प्रशिक्षणका लागि विनियोजन गरिएको छ। यसबाहेक खेलकुदका लागि थप १…
बुधबारे, ५ भदौ । झापाको बुद्धशान्ति गाउँपालिका–१ नम्बर वडा कार्यालयले वडाभित्रका विद्यालयमा दैनिक पठनपाठन सुरु हुनुअघि ‘एक मिनेट’ समय प्रेरणादायी सन्देशका लागि उपलब्ध गराउन आग्रह गरेको छ । विद्यालयको दैनिक शैक्षिक सत्रबाट एक मिनेट समय उपलब्ध गराइदिन आग्रह गर्दै प्रधानाध्यापकहरूलाई पत्र पठाइएको बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको अतिरिक्त तथा प्रारम्भिक क्षमतामा उत्कृष्टता हासिल गराउन शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षाको विकास र जनशक्ति निर्माणमा शिक्षकले पुर्याउँदै आएको योगदानको उच्च सम्मान गरिएको छ । पत्रमा विद्यार्थीको जीवनमा सफल बन्ने र देशको योग्य नागरिक बन्ने ठूलो सपना हुने उल्लेख गर्दै समय र परिस्थितिका कारण कतिपय विद्यार्थीले…
उदयपुर, ५ भदौ । डिभिजन वन कार्यालय उदयपुर, गाईघाटमा कार्यरत वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेल घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले बिहीबार पौडेललाई कार्यालयबाटै १६ हजार २५० रुपैयाँ नगदसहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा दिउँसो करिब साढे ४ बजे डिभिजन वन कार्यालय पुगेको अख्तियारको टोलीले निगरानी बढाएको थियो। सो क्रममा पौडेलले सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै लिएको भनिएको १६ हजार २५० रुपैयाँसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले अख्तियारको टोलीले वन अधिकृत पौडेललाई नगदसहित पक्राउ…
झापा, ५ भदौ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडकखण्ड वर्षाका कारण प्रभावित भएका छन्। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको…
जाजरकोट, ५ भदौ । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा बिहीबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। लु.१ च ८२२७ नम्बरको बोलेरो जिप डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट तल खसेको हो। दुर्घटनामा नलगाड–१० का २५ वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। बोहरालाई नगर अस्पताल दल्लीमा प्रारम्भिक उपचारपछि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको थियो। तर अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए। दुर्घटनामा नलगाड–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया…
झापा, ५ भदौ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीले बिहीबार खानतलासी गरी ६ वटा मोबाइल, एक थान ल्यापटप र सीसीटीभीको डिभीआर बक्स नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापाको नेतृत्वमा गएको टोलीले प्रसाईंले प्रयोग गर्दै आएको मोबाइलसहित अन्य सामग्री बरामद गरेको हो। प्रहरीको निष्कर्षअनुसार प्रसाईंले लघुवित्त प्रभावितहरूको नेतृत्व गर्दै आन्दोलनमा उतारेका थिए। हाल लघुवित्त पीडितहरूले मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना दिइरहेका छन्। साउन ३१ गतेदेखि नै प्रहरी निगरानीमा रहेका प्रसाईंको घरमा २४ घण्टा प्रहरीको निगरानी जारी रहेको छ। बरामद सामग्रीहरूलाई अनुसन्धानका लागि उपत्यका अपराध…