jhapaonline add

झापा, ९ भदौ । उदयपुर, झापा, सुनसरी र मोरङबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । भदौ ०८ गते झापाको अर्जुनधारा नगरपालिका–६ महानन्द चोकस्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीले इलाम चुलाचुली नगरपालिका(१ का २१ वर्षीय सन्जोक लुइटेललाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका(४ का २४ वर्षीय अरबस अन्सारीलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका(१ अन्नपूर्ण चोकस्थितमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय सुमित पौदारलाई १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ…

Read More

झापा, ९ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य पाँच सय र चाँदीको मूल्य ६५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य चार हजार नौ सय कायम भएको जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार सात सय र चाँदीको चार हजार नौ सय ६५ कायम भएको थियो ।

Read More

झापा, ९ भदौ । जन्मदिनका अवसरमा हुने तडकभडक र फजुल खर्चलाई निरुत्साहित गर्दै हाम्रो नेपाल संस्था साकोसका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमले जेहेनदार छात्राको शिक्षामा सहयोग गरेका छन्। गौतमले आफ्नो जन्मदिनको अवसरमा लक्ष्मी क्याम्पस, बनियानीमा बीबीएस प्रथम वर्षमा अध्ययनरत मोनिका राजवंशीलाई पाँच महिनाको शिक्षण शुल्कसहित आवश्यक शैक्षिक सामग्री सहयोग गरेका हुन्। मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा गौतमले छात्रा राजवंशीलाई उक्त सहयोग हस्तान्तरण गरे। जन्मदिन मनाउने नाममा होटल तथा रेस्टुरेन्टमा ठूलो रकम खर्च गर्ने प्रवृत्ति बढिरहेका बेला त्यसको सट्टा विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले आफूले यस्तो कार्यक्रम गरेको गौतमले बताए। ‘होटल तथा रेस्टुरेन्टमा गएर फजुल खर्च गर्नुभन्दा विद्यार्थीको शिक्षामा सहयोग गर्दा…

Read More

झापा, ९ भदौ । लामखुट्टेको टोकाइबाट सर्ने औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिस लगायतका कीटजन्य रोगको जोखिम नेपालमा बढ्दै गएको छ । नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भइसकेका छन् । स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए । जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र प्रजनन क्षेत्र विस्तार हुँदै जाँदा पछिल्लो समय उच्च हिमाली भेगसमेत कीटजन्य रोगको जोखिममा पर्न थालेको विभागले जनाएको छ । तापक्रम वृद्धि, वर्षाको स्वरूपमा आएको परिवर्तन तथा वातावरणीय अवस्थाले लामखुट्टेबाट सर्ने रोगको भौगोलिक विस्तारलाई थप चुनौतीपूर्ण बनाएको हो ।…

Read More

झापा, ९ भदौ । झापाको दमकमा १३ वर्षीया बालिकालाई ललाइफकाइ होटलमा पुर्‍याएर यौन शोषणमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ देवीझोडा घर भई दमक क्षेत्रमा बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिका र दमक नगरपालिका–८ का ५५ वर्षीय गणेशप्रसाद अधिकारी रहेका छन्। प्रहरीका अनुसार गत साउन ३१ गते घरबाट हिँडेपछि सम्पर्कविहीन भएकी बालिकाको खोजतलासका लागि आफन्तले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए। प्रहरीले खोजी गर्ने क्रममा भदौ ४ गते बालिकालाई फेला पारेको थियो। अनुसन्धानका क्रममा पार्वती ऋषिकाले बालिकालाई ललाइफकाइ गणेशप्रसाद अधिकारीले सञ्चालन गरेको मनकामना होटल एन्ड लजमा पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ। उक्त…

Read More

झापा, ९ भदौ । अविरल वर्षा, बाढी र पहिरोका कारण मुलुकका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मेची राजमार्गअन्तर्गत इलाम खण्ड, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक खण्ड तथा जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । सिन्धुपाल्चोकको लिपिङ र रसुवाको खाल्टे क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण सडक सञ्चालनमा आउन सकेको छैन । यस्तै, बागमती प्रदेशका बीपी राजमार्ग, कान्ति लोकपथ र टोखा–छहरे सडकमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । ती सडकमा बिहान ५ बजेपछि सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ…

Read More

सन्तोष शर्माकनकाई, ९ भदौ । झापाको कनकाई नगरपालिकाको न्यायिक समितिमा पछिल्लो समय मुद्दाको चाप निक्कै घट्दै गएको छ । कुनै समय सयौं उजुरी पर्ने गरेको समितिमा हाल महिनामा मुस्किलले एउटा मात्र उजुरी पर्ने गरेको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा नगरपालिकाको न्यायिक समितिमा १२ वटा मुद्दा दर्ता भएका थिए । जुन अघिल्लो वर्ष २०८१÷०८२ को तुलनामा ३० प्रतिशतले कम हो । आव २०८१÷०८२ मा १७ वटा मुद्दा दर्ता भएका थिए । दर्ता भएका १२ मुद्दामध्ये ९ वटा मुद्दा फस्र्योट भइसकेका छन् भने तीनवटा मुद्दा फस्र्योट हुन बाँकी रहेको नगरपालिकाका कानून शाखाका कानून अधिकृत भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । न्यायिक…

Read More

नेपालगन्ज, ९ भदौ । प्रहरीले नेपालगन्जमा सञ्चालित दुई स्पाबाट तीन सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित तीन जना रहेका छन्। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा सञ्चालित आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगन्ज–२ स्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार ती स्पामा काममा लगाइएका सात जना किशोरीको उद्धार गरिएको छ। बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम पक्राउ परेका सञ्चालकमाथि अनुसन्धान भइरहेको प्रहरीले…

Read More

झापा, ९ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ । महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी…

Read More

फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या हुँदा खानपिनमा मात्र होइन, दिनभरि के पिइन्छ भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ। विशेषगरी चिनी धेरै भएका सफ्ट ड्रिंक, प्याकेज्ड जुस, मीठो चिया–कफी र अन्य गुलिया पेय पदार्थको नियमित सेवन कम गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। यस्ता पेयमा हुने अतिरिक्त चिनी, मुख्यतया ुफ्रुक्टोजु मोटोपना र मेटाबोलिक समस्यासँग जोडिनुका साथै यसले फ्याटी लिभरको जोखिम झनै बढाउन सक्छ। फ्याटी लिभर व्यवस्थापनमा कुनै एउटा पेयले मात्र समस्या समाधान गर्दैन। यसका लागि समग्र खानपान, तौल नियन्त्रण र नियमित शारीरिक गतिविधि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। तौल घटाउने, स्वस्थ आहार लिने र व्यायाम गर्ने बानीले कलेजोमा जमेको बोसो कम गर्न…

Read More