
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २६ मंसिर । प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् । कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा थाइल्यान्ड पठाई त्यहाँबाट झुक्याएर म्यानमार पु¥याइएका युवालाई बन्धक बनाई दैनिक १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङ गर्न बाध्य पारेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ…
झापा, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन। झण्डै एक वर्षदेखि उनीहरूको सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ। आर्थिक वर्ष सकिएको ६० दिनभित्र नयाँ सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानलाई प्रधानमन्त्री, उपप्रधानमन्त्रीका साथै सबैजसो मन्त्रीहरूले उल्लङ्घन गरेका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र प्रधानमन्त्री, मन्त्रीलगायत सबै राष्ट्र सेवकले तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ। सोअनुसार असोज मसान्तसम्म सबैले नयाँ सम्पत्ति विवरण बुझाउनु पर्छ। तर, अहिलेसम्म उनीहरू कसैले पनि नयाँ सम्पत्ति विवरण बुझाएका छैनन्। सरकारको वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको नयाँ सम्पत्ति…
झापा, २६ मंसिर । निजीक्षेत्रले जलविद्युत् उत्पादन गर्न थालेको झन्डै तीन दशकमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै बिजुली उत्पादन गर्दै आइरहेको छ । निजी क्षेत्रले छोटो समयमै २१ सय मेगावाटभन्दा धेरै बिजुली उत्पादन गर्नुका पछाडि मुख्य दुई कारण रहेका छन् । २०४९ सालमा ल्याइएको विद्युत् ऐन, २०४९ र २०५७ सालमा निजीक्षेत्रसँगको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) को जगमा नेपालमा जलविद्युत् आयोजनाले फड्को मार्ने गरी विकास सम्भव भएको हो । यो भन्दा अगाडि निजीक्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्ने वातावरण भइसकेको थिएन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय प्रसारण लाइनमा २८३६.९३ मेगावाट क्षमताको बिजुली जोडिएको छ । सोमध्ये निजी सहायक…
झापा, २६ मंसिर । दुई वर्षअगाडि साउदी अरब पुगेका रूपन्देहीका मोहम्मद हुसैन फकिर मुसलमान सम्झौताअनुसारको काम र तलब नपाएपछि रोजगारदाता कम्पनी छाडेर भागे । त्यसलगत्तै उनलाई सो रोजगारदाताले भगौडा कामदारको सूचीमा राख्यो । पछि नेपाल फर्किने बेलामा आवश्यक पर्ने एक्जिट भिसा लगाउनुपर्ने भएपछि उनी गत ५ नोभेम्बरमा नेपाली दूतावास रियादका अवैधानिक प्रतिनिधि विशालकुमार श्रेष्ठ र अली हुसैन मियाँको सम्पर्कमा पुगे । उनलाई आवश्यक कागजात बनाएर सफर जेल पठाइयो । १५ दिन जेल बसेपछि गत २० नोभेम्बरमा सफर जेलमार्फत एक्जिट (बहिर्गमन) भिसा प्राप्त गरी उनी नेपाल फर्किए । उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । पछिल्ला दिनमा साउदीमा कार्यरत वैदेशिक…
मोरङ, २५ मंसिर । नेपाल किसान महासंघ कोशी प्रदेश समितिले कृषि ऐन निर्माण तथा कार्यान्वयन गरी कृषि अनुदानलाई बर्गिकृत कोटा निर्धारण गरेर वास्तविक किसानसम्म पु¥याउन सरकारलाई दवाव दिने निर्णय गरेको छ । नेपाल किसान महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले कृषिजन्य सबै उत्पादनको समय सापेक्ष समर्थन मूल्य निर्धारण गरी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारलाई दवाव दिने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महासंघका प्रदेश सहसचिव केदारमान पौडेलले जानकारी दिए । बैठकले नेपाल भारत खुल्ला सिमाबाट अवैध रुपमा हुने कृषि उपजको ओसार पसार बन्द गरी विदेशी कृषि उत्पादन आयात गर्दा परीक्षण गरेर मात्र आयात गर्न…
बिर्तामोड, २५ मंसिर । झापाको मेचीनगरमा आज बिहान आगलागी हुँदा एक लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मेचीनगर नगरपालिका–४ स्थित राईसिङ पुल टोल बस्ने प्रकाश चौहानको टिनको छाना भएको २ तले गाई गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्की आगलागी हुँदा टिन, काठपात आंशिक रुपमा र गाई गोठ माथि राखेको पराल पूर्ण रुपमा जलेर नष्ट हुँदा उक्त क्षति भएको हो । आगलागी प्रहरी चौकी बाहुनडाँगी, मेचीनगर नपाको दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
झापा, २५ मंसिर । झापाको दमकबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले दमक–३ का २४ वर्षीय भीमबहादुरराईको घरमा शंकाष्पद अवस्थामा बसिरहेका भीमबहादुर राई र सोही स्थानका २१ वर्षीय विकाश घलेलाई चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर २ ग्राम, नगद १४ हजार र मोवाइल ५ थान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, २५ मंसिर । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाइन न्यूजपोर्टलका सञ्चालकहरुले लोक कल्याणकारी विज्ञापनमा भोग्नु परिरहेको विभेदबारे पालिकालाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् । नगरपालिका कार्यालयमा गएर आज अपरान्ह न्यूजपोर्टलका सञ्चालक तथा सम्पादकहरुले बिर्तामोडका मिडियाहरु माथि फरक फरक मापदण्ड बनाएर लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउनुले आफूहरुलाई विभेद भएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् । प्रविधिको विकास र इन्टरनेटमा अधिकांश मानिसको पहुँचका कारण पाठकले हातमै विश्वको सूचना र समाचार पढन, हेर्न र सुन्न चाहने भएका कारण अनलाईन सञ्चार माध्यमको लोकप्रियता बढिरहेको अवस्थामा बिर्तामोडले भने अनलाइन सञ्चार माध्यमलाई विभेद गरेको उनीहरुको ठहर छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेको उपस्थितिमा नगरप्रमुख…
शिवसताक्षी, २५ मंसिर । झापाको शिवसताक्षी नगरपालिकामा प्रथम शिवसताक्षी आधारभूत विद्यालय नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोक बजार पश्चिमकोे खेल मैदानमा आगामी मंसिर २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा–८ सम्मका विद्यार्थीबीच प्रतिष्पर्धा गराउने र सानैदेखि खेलप्रति जागरुक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वडा नं. ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गर्ने छन् । प्रतियोगिताको विजेता टिमले नगद १५ हजार, उप विजेता टिमले नगद १० हजार सहित ट्रफि, मेडल…
आज बालाचतुर्दशी, सतबिज छरिँदैझापा, २५ मंसिर । आज मार्गशीर्षकृष्ण चतुर्दशी। आज बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ। आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्। पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन्। देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड…