बिर्तामोड, २५ मंसिर । झापाको मेचीनगरमा आज बिहान आगलागी हुँदा एक लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
मेचीनगर नगरपालिका–४ स्थित राईसिङ पुल टोल बस्ने प्रकाश चौहानको टिनको छाना भएको २ तले गाई गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्की आगलागी हुँदा टिन, काठपात आंशिक रुपमा र गाई गोठ माथि राखेको पराल पूर्ण रुपमा जलेर नष्ट हुँदा उक्त क्षति भएको हो । आगलागी प्रहरी चौकी बाहुनडाँगी, मेचीनगर नपाको दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Facebook Comments Box



