jhapaonline add

झापा, १० भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार जारी रहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। उद्धारका लागि नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ। यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ।

Read More

बिर्तामोड, १० भदौ । झापाको बिर्तामोडस्थित व्यावसायिक प्रतिष्ठान पीके हबबाट नायिका प्रियंका कार्कीले ऐना र थर्मस किनेकी छन् । भदौ ५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘मास्टर्नी’को प्रमोसनमा पूर्व आएकी उनले पीके हबबाट उक्त सामान किनेकी हुन् । बिर्तामोडको अतिथि सदन नजिकै रहेको पीके हबको अवलोकन गर्दै उनले ऐना र थर्मस किनेर काउन्टरमा पुगेर बिल भुक्तानी गरिन् । पीके हबमा नायिका कार्कीसँगै आएको चलचित्रकर्मीको प्रमोसन टिमलाई स्वागत सम्मान समेत गरेको थियो । पीके हबका सञ्चालक भेषराज दाहालले कार्कीसँगै आएको टोलीलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए । पीके हबका प्रमोशन विभाग प्रमुख सुमित रजकले संक्षिप्त कार्यक्रमको सहजीकरण गरेका थिए…

Read More

भद्रपुर, १० भदौ । भद्रपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहयोगी सामग्री उपलब्ध गराउन आवेदन माग गरेको छ। नगरपालिकाले प्रदेश सरकार, करुणा फाउन्डेसन नेपाल र भद्रपुर नगरपालिकाको लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सहयोगी सामग्री उपलब्ध गराउन लागेको हो। नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८३–०८४ को कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचान गरी आवश्यक सहयोगी सामग्री खरिद गरिनेछ। इच्छुकले आगामी भदौ ११ गतेभित्र भद्रपुर नगरपालिकाको सामाजिक विकास शाखामा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । आवेदनका लागि तोकिएको ढाँचामा निवेदन र भद्रपुर नगरपालिकाले जारी गरेको अपाङ्गता परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।…

Read More

भद्रपुर, १० भदौ । झापाको भद्रपुर नगरपालिकाले मुस्लिम धर्मावलम्बीहरूको पर्वका अवसरमा आज भदौ १० गते स्थानीय बिदा दिएको छ । भदौ ८ गते बसेको नगर प्रमुखस्तरीय निर्णयअनुसार मुस्लिम धर्म प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०१औँ जन्मजयन्तीका अवसरमा भद्रपुर नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिइएको हो । नगरपालिकाका अनुसार उक्त दिन नगर कार्यपालिकाको कार्यालय, वडा समितिका कार्यालय, नगरपालिकाअन्तर्गतका निकाय तथा विद्यालयहरूमा स्थानीय सार्वजनिक बिदा लागू हुनेछ । भद्रपुर नगरपालिकाले बिदा कार्यान्वयन गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

Read More

ओखलढुङ्गा, १० भदौ । सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । मङ्गलबार साँझ कोटमाया कार्कीको घरबाट सुरु भएको आगो फैलिएर ज्ञानकुमारी कार्कीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट अन्नपात, लत्ताकपडा, नगद तथा सुनजस्ता गहना जलेर करिब २६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन ।

Read More

झापा, १० भदौ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा जानुभयो । उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो ९हिजरी संवत्० सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ । जगत्को सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी…

Read More

झापा, १० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका…

Read More

झापा, ९ भदौ । कोशी प्रदेश सरकारले प्रदेशका १ हजार २२७ जना पत्रकारको एक वर्षको दुर्घटना बीमा खर्च बेहोर्ने भएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको पहलमा प्रदेश सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत पत्रकारको दुर्घटना बीमा कार्यक्रम सुरु गरिएको हो। विराटनगरमा आयोजित कार्यक्रममा बीमा कार्यक्रमको शुभारम्भ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता सत्य र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए। पत्रकारिता जोखिमपूर्ण पेसा भएकाले पत्रकारको सुरक्षा र सामाजिक संरक्षणमा बीमाको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री कार्कीले बताए। दुर्घटनामा परेका बीमितलाई भुक्तानी गर्ने प्रक्रिया सहज, सरल र प्रभावकारी बनाउन उनले बीमा कम्पनीलाई आग्रह गरे। कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला…

Read More

एकै मञ्चमा एकसाथ १४ वटा मौलिक तीज गीतको विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, लोकगायक कृष्ण कँडेल लगायतले उक्त गीत सार्वजनिक गरेका हुन् । नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै निर्माण गरिएका गीतहरूमा प्रकाश पराजुलीको ‘म्वाईं खाँदै’, राधा हमालको ‘भुरुरु आउँथे बरै चरी भए त’, समसेर पुनको ‘मन पर्ने मान्छे’, अनमोल बस्नेतको ‘छैन केही पिर चिन्ता’, विशाल छेत्रीको ‘ए आमा तिम्रो दुःख’, तारादेव डिसीको ‘नाच भन्छे मैना’, उमा बिडारीको ‘म कस्ती देखिएँ’, पूजन काफ्लेको ‘तीजको लहर आउँदा बरिलै’, लक्ष्मी पुरी प्रधानको ‘नाच…

Read More

झापा, ९ भदौ । सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो। वि.सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार मुस्लिम आयोगबाट भोलि मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएकाले सरकारले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ।साथै, मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेको छ।

Read More