jhapaonline add

इलाम, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा इलामका ५५ वटा मतदान स्थल अति संवेदनशील सुचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको आधारमा मतदान स्थललाई वर्गीकरण गरी ४८ वटा संवेदनशील र ४७ वटा सामान्य वर्गमा राखिएको इलामका प्रहरी प्रमुख एसपी कुलदिप चन्दले जानकारी दिनु भएको छ । निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन सुरक्षा तयारी मजबुत बनाउन सुरक्षा समितिले मतदान स्थलको स्थलगत अनुगमन कार्य गरिरहेको छ । संवेदनशील देखिएका क्षेत्रमा विशेष सुरक्षा रणनीति तयार गरी आवश्यक स्थानमा जनशक्ति थप गरि सुरक्षा तयारी मिलाइएको प्रहरी प्रमुख चन्दले बताउनु भयो । निर्वाचन प्रहरीका लागि छनौट…

Read More

भद्रपुर, २५ माघ । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीपअन्तर्गत आज समूह बीको दुई खेल भएका छन् । पहिलो खेलमा भारतको लखनउ विजयी भएको छ भने दोस्रो खेलमा नेपालको डडेल्धुरा विजयी भएको छ । पहिलो खेलमा ग्लोबल स्टार लखनउले गण्डकी हिरोज पोखरालाई ५५ रनले पराजित गर्यो । पहिलो ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन खडा गरेको थियो । जवाफमा पोखरा १६.५ ओभरमा अलआउट हुदै ८८ रनमा समेटियो । ब्याटिङमा लखनउका तर्फबाट अनुभव सिंहले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ६६ रन बनाए । बलिङमा पाखराका तर्फबाट सिब्रिन श्रेष्ठले…

Read More

बिर्तामोड, २५ माघ । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै नेपाल आर्मी झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलको २७ औँ मिनेटमा आर्मीले अग्रता लियो । दिनेश हेञ्जनको क्रस पासमा नविन लामाले वान टचमा आर्मीका लागि सुन्दर गोल गरेका थिए । आर्मीले अर्को गोल पहिलो हाफको इन्ज्युरी समयमा गर्दै अग्रता दोब्बर बनायो । कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भयो । आर्मीले अर्को गोल फ्रिकिकमार्फत गर्न सफल भयो । जर्जप्रिन्स कार्कीले मैदानको २५ यार्डमा पाएको बललाई सिधै जाली चुमाए ।खेलको ३२ औँ मिनेटमा…

Read More

देशबन्धु क्षेत्रीजो सम्बन्ध हृदयसँग जोडिन्छ,त्यो शब्दले होइन—धड्कनले लेखिन्छ।त्यो आँखाले होइन—आत्माले देखिन्छ। रगतभन्दा गाढा,समयभन्दा बलियो,दूरीभन्दा ठूलोत्यो नातामाया मात्र होइन—जीवनको साहस हो। भीडले घेरिएको शहरमाजब मान्छे एक्लिन्छ,जब आफ्नै छायाँले पनिसाथ छोड्छ,त्यही बेलाएउटा स्वर कानमा बज्छ—“म तिम्रो छेउमै छु।” त्यो स्वरवसन्तभन्दा मीठो,आकाशभन्दा विशाल,र संसारका सबैधन–सम्पत्तिभन्दा अमूल्य हुन्छ। तिमी हाँस्दामेरो बिहान उज्यालो हुन्छ,तिमी रुदामेरो साँझ अँध्यारो हुन्छ।तिम्रो पीडामेरो छातीमा बल्छ,तिम्रो सपनामेरो आँखामा टाँसिन्छ। यही त होश्रृंगारको साँचो अर्थ—फूल साटासाट होइन,हृदय साटासाट। तर हाम्रो प्रेमकेवल गीत र गुलाबमा सीमित छैन,यो त पसिनाले लेखिएको कथा हो,संघर्षले बनेकोइतिहास हो। हामी हात समातेरसिर्फ बाटो हिँड्दैनौं,हामी बाटो बनाउँछौं। भोकसँग लड्छौं,अभावसँग जुध्छौं,अन्यायको अगाडिछाती तानेर उभिन्छौं। किनकिसाँचो माया कहिल्यै डराउँदैन,यो क्रान्ति…

Read More

झापा, २५ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १० कायम भएको छ । शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ७१० मा कारोबार भएको थियो भने बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी रु चार हजार ९८० मा खरिदबिक्री भएको थियो । यसैगरी,…

Read More

झापा, २५ माघ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका–७ बिरिङ खोलामा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । आज बिहान करिब ९ः४० बजे बालुवा लोड गरी अघि बढिरहेको प्र१–०१–००१त ९०१० नम्बरको ट्रयाक्टरबाट खसेका सह–चालक अर्जुनधारा–३ निवासी १६ वर्षीय सरोज श्रेष्ठलाई सोही ट्रयाक्टरको पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि शनिश्चरेस्थित शंखर अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए । दुर्घटनापछि प्रहरी चौकी शनिश्चरेबाट टोली खटिएर ट्रयाक्टर नियन्त्रणमा लिएको छ । चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रयाक्टरका साहु अर्जुनधारा–४ निवासी ५६ वर्षीय अशोकलाल दनुवार पनि…

Read More

झापा, २५ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिंदैआएको एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा। अभियान गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइनेछ । । यस्तै, गएको बर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ । डा. गौतमका अनुसार अहिलेको खोप अभियानमा…

Read More

झापा, २५ माघ । झापाको अर्जुनधारा नगरपालिका–३ गरुवा चौकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गत माघ २१ गते बिहान बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेका पैदलयात्री अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बास्कोटालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बास्कोटालाई उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड पठाइएको थियो । उपचारकै क्रममा माघ २४ गते राति ९ः१० बजे बास्कोटाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कुटी…

Read More

सन्तोष शर्माझापा, २५ माघ । आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै झापामा चुनावी चहल पहल बढ्दै गएको छ । झापा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दिएका छन् । जसमा २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवार छन् । झापा–४ मा कति छन् मतदाता ?झापा क्षेत्र नम्बर ४ मा १ लाख ३० हजार ७१२ जना मतदाता रहेका छन् । जसमा पुरुषको संख्या ६६ हजार २८३, महिलाको संख्या ६४ हजार ४२८ र अन्य १ जना मतदाता रहेका छन् । यस क्षेत्रमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ६२ हजार २२ पुरुष, ६१ हजार १०१ महिला…

Read More

झापा, २५ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सुरकुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति…

Read More