jhapaonline add

झापा, २९ मंसिर । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । दुवैथरि क्याम्पसमा गरेर चार हजार ३४४ जना विद्यार्थी भर्ना क्षमता छ । तीमध्ये दुई हजार ८१० जना भर्ना भइसकेका छन् । संस्थानका अनुसार आङ्गिकतर्फ पुल्चोक क्याम्पसमा कुल ६२४ सिटमध्ये ३० सिट मात्रै भर्ना गर्न बाँकी छ । यो क्याम्पसले इन्जिनियरिङका १६ वटा विषयको पढाइ सञ्चालन गरिरहेको छ । थापाथली क्याम्पसमा ४३२ वटा सिटमध्ये १०८ वटा मात्रै रिक्त छन् । पश्चिमाञ्चल क्याम्पस पोखरामा ४३२ वटा सिटमध्ये ११७ वटा र धरानस्थित पूर्वाञ्चल…

Read More

झापा, २९ मंसिर । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । उनले स्मरण गरे, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गरे। उनले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ । उनको नेपाली बजार नामक व्यवसायमा नेपाली खानाका परिकार गुन्द्रुक, तामा, थरीथरीका अचार, नेपाली खाद्यान्न,…

Read More

बिर्तामोड, २८ मंसिर । धार्मिक तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले झापाको बिर्तामोड–४ स्थित लालीगुँरास टोलको नवदुर्गा किर्तन मण्डलीले तीर्थ दर्शन यात्रा २०८० गर्ने भएको छ । किर्तन मण्डलीले शुक्रबार बिर्तामोडदेखि सप्तरीस्थित राजबिराजको छिन्नमस्ता मन्दिरको एकदिने तीर्थ दर्शन गर्ने तीर्थ दर्शन यात्रा संयोजक गोपी अधिकारीले जानकारी दिए । कार्यक्रममा किर्तन मण्डलीका सल्लाहकार बासु दुलाल, अध्यक्ष श्यामलाल अधिकारी, सचिव पुष्प बिमलीलगायत ५० जनाको टोलीले छिन्नमस्ता मन्दिरको एकदिने तीर्थ दर्शन यात्रा गर्ने संयोजक अधिकारीले बताएका छन् ।

Read More

झापा, २८ मंसिर । पूर्वी गर्जन मिडिया प्रालिले प्रकाशनमा ल्याएको पूर्वी गर्जन मासिक पत्रिका सार्वजनिक भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच पत्रिका सार्वजनिक गरिएको हो । कार्यक्रममा झापाको बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजक नरेन्द्र ढकाललाई सम्मान गरिएको छ । पूर्वी गर्जनले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदानी अक्षयकोषबाट पुरस्कृत पत्रकार ढकाल पुरस्कृत हुनुभएको हो । जनपक्षीय सञ्चारकर्मीका रुपमा पूर्बी गर्जन मिडियाले ढकाललाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ र पार्टीका केन्द्रीय सदस्य तथा मेची इञ्चार्ज सुमन सिंह…

Read More

शिवसताक्षी, २८ मंसिर । झापाको शिवसताक्षी नगरपालिकामा प्रथम शिवसताक्षी आधारभूत विद्यालय नगर स्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोक बजार पश्चिमकोे खेल मैदानमा उक्त प्रतियोगिताको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा भगवती माध्यमिक विद्यालय विजयी भएको छ । भानु मावि पाराबारीलाई १–० गोल अन्तरले हराउँदै भगवती मावि विजयी भएको हो । त्यस्तै आजै भएको दोस्रो खेलमा लक्ष्मी नारायण मावि विजयी भएको छ । ध्रवतारा आवशिय माविलाई २ –१ गोलअन्तरले हराउँदै लक्ष्मी नारायण मावि विजयी भएको आयोजक वडा नं. ५ को कार्यालयले जनाएको छ । त्यसै गरी आजै भएको…

Read More

भद्रपुर, २८ मंसिर । आज बिहान झापाको बाह्रदशी गाउँपालिकामा जंगली भाले हात्ती मृत फेला परेको छ । बाह्रदशी–१ स्थित बागमतामा भन्ने स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको हो । सोही स्थानका नगेन्द्र राईको बारीको सुटुनी खाएर त्यहीँको तोरी बारीमा मृत अवस्थामा हात्ती फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

हल्दिबारी, २८ मंसिर । झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन् । काठे पुलको ठाउँमा कतै कङ्क्रिटका पुल तथा कतै कल्भर्ट हालिएको छ । केही ठाउँमा झोलुङ्गे पुल पनि निर्माण गरिएका छन् । झापामा तीन दशकअघिसम्म अधिकांश खोला र खोल्सामा काठका पुल मात्र थिए । ती पुल घामपानीले खिइँदै तथा पुराना हुँदै जाँदा जीर्ण भएका थिए । “अब हल्दिबारी काठे पुलमुक्त क्षेत्र भएको छ”, अध्यक्ष लिङ्देनले भने । होचो भूभागको रुपमा चिनिने हल्दिबारी क्षेत्रमा…

Read More

झापा, २८ मंसिर । बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम मापन भयो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बुधबार बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५।८ डिग्री सेल्सियस देखिन गएको हो । यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो । बुधबार त्यसभन्दा पनि तल झरेको हो । ५ डिग्रीभन्दा माथिको तापक्रममा पनि काठमाडौं उपत्यकावासीले चिसो महसुस गरिरहँदा नेपालको उत्तरी सीमामा कार्यरत सुरक्षाकर्मीले कसरी आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् भन्ने कौतूहलता जोसुकैलाई पनि लाग्न सक्छ । किनकि, माइनस २६ डिग्री सेल्सियससम्मको चिसोमा रहेर उनीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था छ । समुन्द्री सतहबाट…

Read More

झापा, २८ मंसिर । मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ। यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ। वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०र८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ। वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको छ। ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड…

Read More

मेचीनगर, २७ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम सोमबार र मंगलवार भएको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सन मेचीनगरले कार्यक्रम गर्दै आएको छ । मेचीनगरका ३५ वटा विद्यालयका करिब ८ सय विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्भा भएको थियो । पाँचवटा विधामा प्रतिस्पर्धा गरिएको कार्यक्रममा साँस्कृतिक नृत्यतर्फ धुलाबारीको हिमालयन एकाडेमी इङ्लिस स्कूल सर्वोत्कृष्ट बनेको छ । मेचीनगर–१० मा रहेको उक्त विद्यालयको नृत्य हरेक वर्ष उत्कृष्ट हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्मको लोक साँस्कृतिक नृत्यतर्फ हिमालयनको लोभलाग्दो नृत्य प्रथम भएको…

Read More