
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १५ माघ । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् । काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएका हुन् । पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार लिइएको परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका छन् । लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए। उनीहरूमध्ये २४ जना अनुपस्थित भएको काउन्सिलले जनाएको छ । यसपटक मेडिकल (एमबीबीएस तर्फ) ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना सहभागी थिए । त्यसमध्ये ३०० जना (३८.७ प्रतिशत) मात्रै…
झापा, १५ माघ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि रु छ करोड ७५ लाखको मात्र नयाँ…
झापा, १५ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा, क्यानेडियन डलर एकको…
झापा, १५ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात…
झापा, १४ माघ । झापाको शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले उचालेको छ । दूधे रंगशालामा सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिकाले दमक नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । कनकाईको जितमा रुचन लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुवै गोल गरेका थिए । उपाधि जितेसँगै कनकाई नगरपालिकाले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता दमक नगरपालिकाले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको ‘म्यान अफ द म्याच’ कनकाई नगरपालिकाका लक्ष्मण भुजेल घोषित भए । प्रतियोगिताका विभिन्न विधागत अवार्डहरूमा पनि…
बिर्तामोड, १४ माघ । बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुई वटा वडा बनाउने प्रस्ताव गरिएको छ। नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुला सत्रमा बोल्दै वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले वडा विभाजनको माग गर्दै विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको हो। वडाअध्यक्ष पौडेलले साविक चारपाने गाविसका वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ हाल वडा नम्बर २ अन्तर्गत रहेकाले क्षेत्रफल, पूर्वाधार र जनसंख्याको दृष्टिले व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो। सोही आधारमा नयाँ वडा गठनको प्रस्ताव अघि सारिएको उहाँले स्पष्ट पार्नुभयो। उहाँले साविक वडा नम्बर २, ३, ४ र ५ लाई वडा नम्बर २…
बिर्तामोड, १४ माघ । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ का प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईंले राष्ट्रियता, लोकतन्त्र र समाजवाद जोगाउन कांग्रेसले मियोको रुपमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै संसदमा बहुमतप्राप्त दल बनाउने कार्यमा भूमिका खेल्न कार्यकर्ता र आम मतदातामा अपिल गर्नुभएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका ६ नम्बर वडा समितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न क्रियाशिल कार्यकर्ता भेटघाटलाई संबोधन गर्दै नेता प्रसाईले यस्तो धाराणा राख्नुभएको हो । नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप बढेकोतर्फ संकेत गर्दै उहाँले देश अफ्ठ्यारोमा परेको बेला कांग्रेसले नेतृत्व लिएर बचाएको विगतको इतिहास प्रस्तुत गर्दै उहाँले अब पनि कांग्रेसले नेतृत्व लिएर मध्यमार्गी बाटोबाट समाधान खोज्नुपर्ने बताउनुभयो । यसका लागि आगामी…
झापा, १४ माघ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत योजना तथा कार्यक्रमको संशोधन तथा रकमान्तर प्रस्ताव पारित गर्दै अधिवेशन सम्पन्न भएको हो । गत पुस ३० गते सुरु भएको उक्त अधिवेशनले विभिन्न प्रस्तावहरू पारित गर्दै आज समापन भएको छ । अधिवेशनमा सम्बोधन गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले सरकारका नियम, परिधि र कानुनभित्र रहेर जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो । उहाँले जनताको जीवनस्तर उकास्न सकारात्मक सोचका साथ अघि बढ्न सबै जनप्रतिनिधिलाई आग्रह गर्दै निष्पक्ष रूपमा बजेट विनियोजन गरी काम भइरहेको स्पष्ट पार्नुभयो । त्यसैगरी, नगर उपप्रमुख नगेन्द्र प्रसाद…
झापा, १४ माघ । झापाको मेचीनगर नगरपालिका–७ नमुना टोलस्थित भित्री सडकखण्डमा गत माघ ११ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । काकँरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका–७ का ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ५४ वर्षीया कल्पना भण्डारी गम्भीर घाइते भएकी थिइन् । कल्पनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी…
झापा, १४ माघ । विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ ।