
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
उदयपुर, १६ मंसीर । तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसीको शव उदयपुरको कटारी–१४ पाखेमारा भीरमा भेटिएको छ । इलाका प्रहरी कार्यालय कटारीकाअनुसार सोमबार साँझ सडकबाट तीन सय मिटर तल सुमो क्षतिग्रस्त रुपमा भेटिएको थियो । क्षतिग्रस्त सुमोसँगै केसीको शव भेटिएको हो । प्रहरीले मध्यराति नै भिरबाट शव निकालेर शव परीक्षणका लागि कटारी अस्पताल ल्याएको छ । ना १ ज ५८१२ नं को सुमो लिएर१३ मङ्सिरमा केसी उदयपुरको ताप्ली गाउँपालिका रुपाटार जान्छु भनी हिँडेका थिए । रुपाटारमा विवाहका लागि जन्ती जान रिजर्भ भएकाले केसी एक्लै सुमो लिएर निस्किएका थिए । शनिबार राति…
झापा, १६ मंसीर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ । आज एक सूचना जारी गर्दै यही मङ्सिर २१ गतेभित्र अनिवार्य रुपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री एम्बुलेन्स र शववाहन सेवाका लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहकाले हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स तथा शववाहनहरुको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरूले पठाउनुपर्ने मन्त्रालयले जनाएको हो । हाल एम्बुलेन्स सेवा निर्देशिका, २०८२ र शववाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ कार्यान्वयनमा छ ।
झापा, १६ मंसीर । कोशी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।
झापा, १६ कात्तिक । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो । यस्तै, गत भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि…
सन्तोष शर्माझापा, १६ मंसीर । पूर्वी नाका काँकरभिट्टाबाट चालू आर्थिक वर्षको चार महिनाको अवधिमा मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ । ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । रू नौ करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा रू एक करोड ५७ लाख १३ हजार बराबरको मुसुरो दाल निर्यात भएको थियो । यता, काँकरभिट्टा नाकाबाट रू १६ अर्ब बढीको मालवस्तु आयात भएको छ । चालू आव २०८२÷०८३ को साउन महिनादेखि कात्तिम मसान्तसम्म रू १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको…
बिर्तामोड, १६ मंसीर । गायक किरण विमलीको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । झापाली गायक विमलीको ‘उधुमै राम्री’ बोलको म्युजिक भिडियो सोमबार ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । गायक विमलीले यसअघि पनि दशैं तिहार, उकाली बाटो, आउ बस म्युजिक भिडियो दर्शकमा माझ ल्याएका थिए । उनका ती म्युजिक भिडियोहरुले दर्शकको मन खिचेको थियो । गायक बिमलीको स्वरमा सजिएको ‘उधुमै राम्री’ बोलको गीत अहिले बजारमा चर्चामा छ । जसको लेखक डिपी खनाल, संगीत देवेन्द्र बराल, एरेन्ज विश्व अधिकारी, मिक्स÷मास्टर किशोर थापा, रेकोडिक्स राजेश श्रेष्ठ छन् । गीतको रेकडिङ एवान म्युजिशियन स्टुडियोमा गरिएको छ । मेकअफ आर्टिस…
बिर्तामोड, १५ मंसीर । झापाको पाँचौँ निर्वाचन क्षेत्रमा एमालेले निर्वाचनबाट प्रतिनिधि छनोट गरेको छ । सोमबार साँझ झापा २ को परिणाम सार्वजनिक भएसँगै जिल्लाको सबै क्षेत्रको प्रतिनिधि छनोट सम्पन्न भएको हो । झापा क्षेत्र नं. २ बाट एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन् । खुला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि क्षेत्र नं. २ मा निर्वाचन भएको थियो । निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए । कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की १७१६ सर्वाधिक मतसहित निर्वाचित भएका हुन् । यस्तै, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी…
झापा, १५ मंसीर । संयुक्त अरब इमिरेट्स ९युएई० मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो । फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५र५ रनको योगदान गरे पनि जिताउन सकेनन् । युएईका युग जै शर्मा र अली असगर शम्सले तीन÷तीन विकेट हात पारे । यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५ दशमलव पाँच ओभरमा १४७ रनमा…
जापान, १५ मंसीर । जापानमा सन् २०२४ मा कामको सिलसिलामा घाइते हुने र ज्यान गुमाउने विदेशी कामदारको सङ्ख्या ६ हजार नाघेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ६ हजार २४४ जना विदेशी कामदार गम्भीर घाइते भएका थिए । घाइतेमध्ये ३९ जनाको मृत्यु भएको थियो । वृद्ध जनसङ्ख्याका कारण श्रम अभाव पूर्तिका लागि जापान विदेशी कामदारमा निर्भर हुँदै गएको बेला यो तथ्याङ्क सार्वजनिक भएको हो । अपर्याप्त सुरक्षा तालिम र भाषिक सञ्चारको कमीलाई यसको मुख्य कारण मानिएको छ । जसले विशेषगरी प्राविधिक प्रशिक्षार्थी तथा सीपयुक्त कामदारहरू जोखिममा परेको देखाउँछ । दुर्घटनामा पर्नेमध्ये भियतनामी १ हजार ५९४, फिलिपिनो ८…
भद्रपुर, १५ मंसीर । ३८ औँ विश्व एड्स दिवसको अवसरमा झापाको भद्रपुरमा आज सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पछिल्लो समय झापामा देखिएको रगत अभावलाई कम गर्ने उद्देश्यले झापा उद्योग वाणिज्य संघले भद्रपुर–८ स्थित सगरमाथाचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा ६ महिला र ३८ पुरुष गरी ४४ जनाले रक्तदान गरेको संघका कार्यालय सचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राई, विशिष्ट सदस्य खड्क लिम्बू, महासचिव सुमन मैनालीले रक्तदान गरेर शुभारम्भ गरिएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वार्टर, भद्रपुरका डीएसपी रोहितकुमार घिमिरेलगायत सशस्त्र प्रहरी, नेपाल…