
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सन्तोष शर्माझापा, १२ माघ । झापामा निपाह भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि पूर्व तयारीसहित उच्च सतर्कता अपनाइने भएको छ । भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखिएको समाचारहरु विभिन्न सञ्चारमाध्यममा आइरहेकाले जिल्लामा पूर्व तयारीसहित उच्च सतर्कता अपनाइने भएको हो । निपाह भाइरस पूर्वतयारी तथा सचेतनामूकल कार्य गर्नका लागि आइतबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकमा हेल्प डेक्स सञ्चालन र सचेतनामूलक कार्य गर्ने निर्णय गरिएको छ । बैठकले स्वास्थ्य कार्यालय झापाद्वारा निपाह भाइरस सम्बन्धी स्वास्थ्य सचेतनामूलक सन्देश प्रसारण गर्ने, हेल्प डेक्स सञ्चालन भएका स्थानहरुमा व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने, पूर्वी नाका काँकरभिट्टामा सञ्चालनमा रहेको हेल्प डेक्समा भारतबाट प्रवेश…
सङ्खुवासभा, १२ माघ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ । घाइते सबैको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।
झपा, १२ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात–वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सुरकुहिरो रहनेछ । दिउँसो देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
बिर्तामोड, ११ माघ । नौ वर्षअघि झापाबाट प्रकाशनमा आएको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी नामक म्यागजिन’ प्रकाशनमा ल्याएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित पत्रिकाले जेनजी पुस्तालाई समेटेर तयार पारेको म्यागजिन प्रकाशनसँगै झापाका १५ जना जेनजी युवालाई सम्मान गरेको छ । आफ्नै माटोमा पसिना बगाएर समृद्धिको सपना बुनिरहेका ‘गरिखाने हिरो’लाई पौरखी जेनजी युवाका रुपमा सम्मान गरिएको लोकतन्त्र पोष्टका प्रधान सम्पादक मोहन काजी न्यौपानेले बताए । सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको संयोजकत्वमा बनेको छनौट समितिले १ सय ५४ जना पौरखी युवाहरु मध्येबाट १५ जनालाई छनौट गर्दै आज बिर्तामोडमा लोकतन्त्त पोष्ट म्यागेजिनको लोर्कापणसँगै सम्मान गरिएको थियो…
शिवसताक्षी, ११ माघ । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा शिवसताक्षी नगरपालिकालाई पराजित गर्दै दमक नगरपालिकाले जित दर्ता गरेको छ। निर्धारित खेलमा दमकले शिवसताक्षीलाई ३–० गोलअन्तरले हरायो। दमकको जितमा जर्सी नम्बर ८ का खेलाडी दिपेन्द्र घिमिरे, जर्सी नम्बर १८ का खेलाडी भोजकुमार थुलुङ र जर्सी नम्बर १३ का खेलाडी रोशन तामाङले १–१ गोल गरे। उत्कृष्ट प्रदर्शनका आधारमा दिपेन्द्र घिमिरे ‘म्यान अफ द म्याच’ घोषित भए। त्यस्तै, दोस्रो खेलमा हल्दिबारी गाउँपालिका सहभागी हुन नआएपछि बाह्रदशी गाउँपालिका वाकओभरका आधारमा अर्को चरणमा प्रवेश गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ। प्रतियोगिता अन्तर्गत माघ १२ गते दुई…
झापा, ११ माघ । लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। उत्साह, उमंग, प्रेम र सकारात्मक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘मगमग बसना’ ले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले लिएको छ। गीतको एरेन्जमेन्ट बादल लिम्बुले गरेका हुन्। यसअघि सरगम राईका ‘खुशी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’, ‘दुई मुटु’ लगायतका गीतहरू दर्शक–श्रोतामाझ निकै लोकप्रिय भइसकेका छन्। गीतको म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका हुन्। भिडियोको…
झापा, ११ माघ । पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ । हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान ९पार्क० अहिले आन्तरिक पर्यटकका लागि नयाँ मात्र होइन, आकर्षक गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता र ऐतिहासिक स्मृतिको सङ्गम बनेको यो सिमसार क्षेत्रलाई स्थानीयले गर्वका साथ ‘झापाको हरित मुटु’ भन्न थालेका छन् । हल्दिबारी, भद्रपुर र बिर्तामोड तीनवटै पालिकाको सङ्गमस्थलमा करिब ९६ हेक्टर क्षेत्रमा फैलिएको यो सिमसार वनभोज, पारिवारिक घुमफिर, विद्यार्थी अध्ययन भ्रमण र प्रकृति अवलोकनका लागि उपयुक्त स्थलका रूपमा विकास हुँदैछ । विशेषगरी हिउँद र वसन्तयाममा यहाँ आउने आन्तरिक पर्यटकको…
झापा, ११ माघ । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्यतराई भूभागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ । त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी…
बागमती, ११ माघ । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । आगलागीाबट करिब १०–१२ करोड मूल्यबराबरको क्षति भएको हुनसक्ने उहाँले बताउनुभयो । आगो लागेलगत्तै हेटौँडा उपमहानगरपालिकाबाट आएको दुईवटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयहरूको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भद्रपुर, ११ माघ । पहिलो पटक यहाँ ‘भद्रपुर किड्स साइक्लोथन–२०८२’ सम्पन्न भएको छ । भद्रपुर साइकल समाजको आयोजनामा मुलुकको पाँचौं र कोशी प्रदेशको पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका–भद्रपुर’मा ८–१४ वर्ष उमेर समूहका बालबालिकाको सहभागितामा माघ १० गते बिहान साइकल दौड प्रतियोगिता भएको हो । भद्रपुरका नगर–प्रमुखको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागी साइकल–राइडर बालबालिका एवम् किशोर–किशोरीहरूले महेन्द्र पार्क ९महेन्द्र उद्यान०देखि गायत्री मन्दिर, गामेर्न्ट चोक, बोक्तोबारी भएर मन्त्री चोकबाट पूर्व झापा चोकको मुख्य सडक हुँदै महेन्द्र उद्यानसम्मको ११।११ किमि दूरी पूरा गरेका थिए । ‘भद्रपुर झापा गोल्डकप’का अध्यक्ष एवम् समाजसेवी दिपेश ढकाल र प्रभा ढकाल दम्पतीबाट साइकल दौड पूरा गनेर् १९ जना सहभागीलाई प्रदान गर्न…