
भद्रपुर, ११ माघ । पहिलो पटक यहाँ ‘भद्रपुर किड्स साइक्लोथन–२०८२’ सम्पन्न भएको छ । भद्रपुर साइकल समाजको आयोजनामा मुलुकको पाँचौं र कोशी प्रदेशको पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका–भद्रपुर’मा ८–१४ वर्ष उमेर समूहका बालबालिकाको सहभागितामा माघ १० गते बिहान साइकल दौड प्रतियोगिता भएको हो ।
भद्रपुरका नगर–प्रमुखको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागी साइकल–राइडर बालबालिका एवम् किशोर–किशोरीहरूले महेन्द्र पार्क ९महेन्द्र उद्यान०देखि गायत्री मन्दिर, गामेर्न्ट चोक, बोक्तोबारी भएर मन्त्री चोकबाट पूर्व झापा चोकको मुख्य सडक हुँदै महेन्द्र उद्यानसम्मको ११।११ किमि दूरी पूरा गरेका थिए ।
‘भद्रपुर झापा गोल्डकप’का अध्यक्ष एवम् समाजसेवी दिपेश ढकाल र प्रभा ढकाल दम्पतीबाट साइकल दौड पूरा गनेर् १९ जना सहभागीलाई प्रदान गर्न नगद पुरस्कार सौजन्यस्वरुप उपलब्ध भएको साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
पुरस्कृत राइडरहरुमा ऐश्वर्या शर्मा र प्रसुनबाबु भट्टराई– प्रथम, रेश्मा राजवंशी र भवानी चापागाईं– द्वितीय, अस्मिता कुँवर र सक्षम घिमिरे– तृतीय, आरजु कोइराला र अनिरुद्र तामाङ– चौथो, मोहिनी गोयल र श्रेयम अधिकारी– पाँचौं, आरुषी श्रेष्ठ र एलेक्स शंकर– छैठौं, आरोग्या थापा र दर्पण भट्टराई– सातौं, आराध्या गोयल र मनन उप्रेती– आठौं, हर्षिका गोयल र आकाश राजवंशी– नवौं र सोवत्स लम्साल– दशौं भएका थिए ।
प्रथमलाई ३ हजार, द्वितीयलाई २ हजार, तृतीयलाई १ हजार र चौथोदेखि दशौंसम्मलाई जनही ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।


