
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सिरहा, २६ फागुन । सिरहामा खाना पकाउने एलपी ग्यास अभाव देखाउँदै केही व्यापारीले कालोबजारी सुरु गरेको उपभोक्ताले गुनासो गरेका छन्। खुद्रा मूल्य प्रति सिलिन्डर १,९१० रुपैयाँ भए पनि बजारमा ४,५०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ। रेस्टुरेन्ट तथा पसल सञ्चालकहरूले अत्यधिक मूल्यका कारण व्यवसाय चलाउन कठिन भएको बताएका छन्। उपभोक्ता अधिकारकर्मीले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै तत्काल अनुगमनको माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिरहाले दोषी पाइए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल आयल निगमका स्थानीय वितरकहरूले ढुवानी समस्या, निर्वाचनका कारण सिमाना बन्द र उपभोक्ताले भण्डारण गर्ने प्रवृत्तिले अभाव देखिएको बताएका छन्।
झापा, २६ फागुन । जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको छ । आयोगले फौजदारी अपराध संहिता २०७४ को दफा १८१ अनुसार उनीहरूलाई कारबाही गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनमा २३ भदौको प्रदर्शनमा गोली चलाउने, आदेश दिने वा रोक्न असफल हुने सबैलाई कानुनी दायरामा ल्याउन सिफारिस गरिएको छ । २४ भदौमा भएको प्रहरी हत्या, आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई पनि कारबाही गर्न भनिएको छ । आयोगले प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ र सार्वजनिक गर्न आग्रह गरेको छ। प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन पेस गरी…
झापा, २६ फागुन । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम आएको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आइसकेको निर्वाचन आयोगले जनाएको छ। नतिजाले रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेकपा चौथो, श्रम संस्कृति पार्टी, पाँचौँ र राप्रपा छैटौँ राष्ट्रिय दल बन्ने निश्चित देखिएको छ। स्वतन्त्र १ जनाको विजय भएको छ। रास्वपा १२५आइसकेको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको छ। यसअनुसार कोशी प्रदेशमा १७ वटा सिट जितेको छ। जसमा झापा १ बाट निशा डाँगी, झापा २ बाट इन्दिरा राना मगर, झापा ३ बाट प्रकाश पाठक, झापा ४ बाट शम्भु प्रसाद ढकाल, झापा ५ बाट…
झापा, २६ फागुन । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल…
झापा, २५ फागुन । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुर्व्यवहार गरेको आरोपमा सोही पालिकाको वडा नं ५ निवासी ३४ वर्षीय भीष्म सिटौला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार सिटौलाले आइतबार राति नगरप्रमुख सुवेदीलाई गालीगलौज एवं दुर्व्यवहार गरेका थिए । पक्राउ परेका आरोपी सिटौलालाई आज जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराइएकोमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा १० दिन म्याद थपेर अनुसन्धान गर्ने निर्णय भएको खड्काले जानकारी दिनुभयो ।
झापा, २५ फागुन । निर्वाचन आयोगले आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता लागू नरहने जनाएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले आज एक विज्ञप्तिमार्फत आयोगको २०८२ माघ ४ गते बसेको बैठकले २०८२ माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त बनाउन लागू गरिएको आचारसंहिता अब लागू नरहने जानकारी दिनुभयो । आयोगका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०८२ को दफा १ को उपदफा ९२० बमोजिम उक्त आचारसंहिताको सम्पूर्ण व्यवस्था २०८२ माघ ४ गते राति १२ बजेदेखि लागू गरिएको…
झापा, २५ फागुन । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका ९० जनामध्ये ७८ जनाको धरौटी रकम (जमानत) जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणाली अन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी प्रावधान अनुरुप जिल्लाका ७८ जना उम्मेदवारको जमानत जफत हुने जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । झापा क्षेत्र नं. १ मा १५ जना उम्मेदवारमध्ये १२ जना, क्षेत्र नं. २ मा १८ जना उम्मेदवारमध्ये १६ जना, क्षेत्र नं. ३…
इलाम, २५ फागुन । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । राईले १४ हजार ५४३मत प्राप्त गर्नु भएको छ । सूर्योदय नगरपालिका ४ श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय राई विजयी भएर यस क्षेत्रमा काङ्ग्रेसले २७ बर्ष पछि जीत निकालेको छ । राई व्यवस्थापन सङ्कायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत हुनुहन्छ । राई नेपाली काङ्ग्रेसको इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् । प्रदेश सचिव हुँदै सभापतिसम्मको जिम्मेवारी सम्हाल्नु भएका राई पूर्वक्षेत्रीय सहसचिवसमेत हुनुहुन्थ्यो । शङ्करदेव क्याम्पस, काठमाडौँमा लामो समय अध्यापन गराउनु भएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी…
दमक, २५ फागुन । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–६, गुवाबारीमा मे ११ प ६०५० नम्बरको मोटरसाइकल रोकि चेकजाँच गर्दा कमल–६ बस्ने ३२ वर्षका चालक लक्ष्मण राजवंशीको कपडाको गोजीमा पोका–पोका पारेर राखिएको खैरो हेरोइन जस्तो देखिने लागुऔषध ३ ग्राम ४४० मिलिग्राम बरामद गरेको छ। प्रहरीले राजवंशीलाई नियन्त्रणमा लिँदै तल उल्लेखित सामान समेत बरामद गरेको छः नेपाली नगद रु २२,००० वजाज कम्पनीको २२० सिसिको पल्सर मोटरसाइकल (मे ११ प ६०५०) रेडमी कम्पनीको मोबाइल फोन १ थान बरामद गरिएको लागुऔषध तथा अन्य सामग्रीसहित राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
गोरखा, २५ फागुन । गोरखामा फागुन २१ गते भएको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी हुनुभएको छ । गुरुङले २९९०० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५२४६ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले १११२४ र नेकपा एमालेका रामचन्द्र लामिछानेले ३७३२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।