
दमक, २५ फागुन । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–६, गुवाबारीमा मे ११ प ६०५० नम्बरको मोटरसाइकल रोकि चेकजाँच गर्दा कमल–६ बस्ने ३२ वर्षका चालक लक्ष्मण राजवंशीको कपडाको गोजीमा पोका–पोका पारेर राखिएको खैरो हेरोइन जस्तो देखिने लागुऔषध ३ ग्राम ४४० मिलिग्राम बरामद गरेको छ।
प्रहरीले राजवंशीलाई नियन्त्रणमा लिँदै तल उल्लेखित सामान समेत बरामद गरेको छः

नेपाली नगद रु २२,०००
वजाज कम्पनीको २२० सिसिको पल्सर मोटरसाइकल (मे ११ प ६०५०)
रेडमी कम्पनीको मोबाइल फोन १ थान
बरामद गरिएको लागुऔषध तथा अन्य सामग्रीसहित राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
Facebook Comments Box

