
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १७ कात्तिक । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ । उनले भने, “तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट…
बिर्तामोड, १७ कात्तिक । झापाको बिर्तामोडमा बौद्धिक नेता तथा विश्लेषक राम कार्की ‘पार्थ’ द्वारा लिखित पुस्तक विकल्प परिचर्चा हुने भएको छ । भोलि (शनिबार) बिर्तामोडस्थित गौरीशंकर प्रतिष्ठानको सभाहलमा पुस्तकमाथि परिचर्चा हुने भएको हो । नेकपा माओवादी केन्द्रका सचिव तथा माक्र्सवादी चिन्तक कार्कीको उक्त पुस्तक गत असोज २१ गते काठमाडौंमा लोकार्पण गरिएको थियो । उक्त पुस्तकमाथि काठमाडौं बाहिर झापामै पहिलोपटक परिचर्चा गर्न लागिएको हो । झापामा हुन गइरहेको पुस्तक परिचर्चाको टिप्पणीकर्ता प्राध्यापक कृष्ण पोखरेल र युवा बुद्धिजीवी उज्ज्वल प्रसाईं रहेका छन् । यो पुस्तक मुलतः विभिन्न समयमा उनले लेखेका लेखहरु र दिएका प्रवचनहरुलाई परिमार्जन गरेर तयार पारिएको छ । लेखमा करीब…
झापा, १७ कात्तिक । एसियाली विकास बैंक (एडीबी)ले ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एक ‘मेगाप्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठुलो बाँध आयोजनाका रूपमा रहेको छ । सो आयोजनामा लगानी गर्न एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत निरीक्षणसमेत गरेको छ । टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत्गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तक्र्रियासमेत गरेको छ । ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको निर्माणमा अलमल भइरहँदा नेपालले विद्युत् उत्पादनमा फड्को मार्न समस्या भइरहेको थियो ।…
झापा, १७ कात्तिक । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो । आज गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले राससलाई जानकारी दिए । भोलि काठमाडौँका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने उनले जानकारी दिए ।…
झापा, १७ कात्तिक । वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुन्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् । गोरखाका ३० वर्षीय एक पुरुषका अनुसार उनी साथीमार्फत बियर कम्पनीमा मासिक १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रलोभनमा परी एक वर्षअघि लाओस पुगेका थिए । उनलाई ६० हजार रुपैयाँ लागतमा लाओस पुन्याइने भनिएको थियो । ु६० हजार रूपैयाँमा लाओस जान पाइने भएपछि परिवारमा कुरा राखें । सबै खुसी नै भए चिनजानका साथीहरूलाई खबर गर्दा उनीहरू पनि लाओस जान तयार भए ।…
झापा, १७ कात्तिक । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङबेसीमा हुने भएको छ । कात्तिक १८ र १९ गते हुने भेलाको सम्पूर्ण तयारी पुरा भएको विद्यार्थी छोज धींका अध्यक्ष अनिल तमुले बताए । धादिङमा गुरुङहरुको उल्लेख्य बसोबास रहेकोले पार्षद भेला धादिङबेसीमा आयोजना गरिएको नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं का केन्द्रीय समितिका अध्यक्ष विश्वराज गुरुङले बताए । पहिचानको आन्दोलनलाई निरन्तरता दिन र भाषा धर्म तथा परम्परालाई बुलंद बनाई सम्पूर्ण गुरुङहरुलाई एकताको सुत्रमा बाध्न पार्षद भेलाले सहयोग गर्ने अपेक्षा लिएको उनले बताए । भेला उद्घाटन अघि ‘तमु भेषभुषा तथा संस्कृति हाम्रो पहिचान, उत्पादन तथा रोजगारमुलक…
झापा, १६ कात्तिक । झापा मेचीनगर नगरपालिका–१ का राजन चिमरियाले आफ्नो जन्मदिनको अवसरमा शहीद परिवारलाई गाई प्रदान गर्नुभएको छ । चिमरियाले आफ्नो ५० औं जन्मदिनको अवसरमा आज शहीद प्रेम उप्रेतीका परिवारलाई होलिस्टन जातको उन्नत गाई प्रदान गर्नुभएको हो । शहीद परिवारलाई उत्पादनसँग जोड्नका लागि आफूले गाई प्रदान गरेको उहाँले बताउनुभयो । “सधैं कसैले कसैलाई दिएर सक्दैन”, उहाँले भन्नुभयो, “उत्पादनसँग जोड्न सकियो भने त्यो दीगो हुन्छ ।” चिमरियाले मेचीनगर–१३ स्थित काजीबारीमा बसोबास गर्दै आएको शहीद प्रेमको घरमा पुगेर उहाँका मातापिता गंगा र लक्ष्मिमा उप्रेतीलाई उक्त गाई हस्तान्तरण गर्नुभयो । अस्वस्थ्य अवस्थामा रहेका पिता गंगालाई समेत रू पाँच हजार एक सय प्रदान…
झापा, १६ कात्तिक । काँकरभिट्टाबाट लागु औषध खैरो हिरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज साँझ काँकरभिट्टास्थित मेची पुलबाट ७ ग्राम लागु औषध खैरो हिरोइसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँँपालिका–५ का ३२ वर्षीय भुपाल तामाङ र सोही स्थानका २१ वर्षीय सिजन तामाङ रहेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटङ्कीबाट मेचीपुल हुँदै को १४ प ४७६१ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई विशेष सूचनाका आधारमा उनीहरु पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुले मोटरसाइकलको हेन्डिलभित्र लुकाएर लागु औषध ल्याएका थिए । दुवै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा थप…
शिवसताक्षी, १६ कात्तिक । नेकपा एमाले शिवसताक्षीले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेकपा एमाले शिवसताक्षीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २०४६ साल अघि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको हो । तत्कालिन अवस्थामा नेकपा एमालेबाट निर्वाचित ८० बढी पूर्व जनप्रनिधिहरुलाई सम्मान गरिएको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ । उनीहरुलाई केन्द्रिय सदस्य तथा नगर इन्चार्ज मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नंं ४ का सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, जिल्ला अध्यक्ष दिपक कार्की, जिल्ला सचिव शिव ढुंगेल, जिल्ला कमिटी सदस्य नरमाया कार्की, नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा लगायतले दोसल्ला तथा…
झापा, १६ कात्तिक । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली कांग्रेसको पार्टी सुदृढिकरणका लागि अब हुने महासमितिको बैठक महत्वपूर्ण हुने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा पार्टी केन्द्रीय सदस्यहरुले कार्यकर्ताको जिज्ञासा र चिन्ताप्रति आश्वस्त पार्दै पार्टीको तत्कालै हुन लागेको महासमिति बैठकको निर्णय महत्वपूर्ण हुने बताएका हुन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले वडातहदेखि संघीय सरकारमा समेत पार्टी सत्तामा रहेपनि कार्यकर्तामा निराशा देखिएको बताएकी छन् । पार्टीले उठाएका उम्मेद्वारलाई भोट हालेर बसेका कार्यकर्ताहरुले पार्टी कसरी चल्छ भन्ने चिन्ताले निराशा देखिएको गौतमले बताइन् । वर्तमानमा सांसद समेत रहेकी उनले भनिन्–‘पार्टीलाई भोट हालेका छन्, उनीहरुलाई केहि चाहिएको छैन,…