
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १९ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ । त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा…
झापा, १९ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलर उच्च मूल्यमै स्थिर छ । बहराइन दिनारसहित केही मुद्रा महँगिएका छन् । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित विदेशी मुद्राको विनिमयदर भने आज घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज पनि अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ । अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो । गएका तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा स्थिर छ । त्यसैगरि आज युरो १ को खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर…
झापा, १९ माघ । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपातरवर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । सोमबार तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ । मंगलबार सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेकोले ती भू–भागहरूमा चिसो बढ्ने…
झापा, १९ माघ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलवार र बुधवार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो । आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलवार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने…
भद्रपुर, १९ माघ । झापाको भद्रपुर नगरपालिका–५ स्थित भोजपुर ज्वेलर्समा एक व्यक्तिले नक्कली सुन धरौटी राख्न खोज्दा पक्राउ परेका छन् । प्रहरीका अनुसार गत माघ १५ गते साँझ उदयपुर चौदण्डीगढी नगरपालिका–३ का ४३ वर्षीय जीतबहादुर बिकलाई पसलले शंका गरी वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको र उनलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि कार्यालयमा ल्याइएको हो । माघ १६ गते थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको र मुलुकी अपराध संहिता २०७४ अनुसार ठगी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा अभियुक्तले यसअघि पनि…
भद्रपुर, १९ माघ । झापाको भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोकमा आइतबार साँझ मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आइतबार साँझ बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते हुनुभएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको थियो । प्रनाउ खड्काका अनुसार मृतक खरेलको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय अनुराग घोषको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको…
झापा, १८ माघ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आज एक विज्ञप्ति निकालेर सराहना गरेको छ । उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक पटकको अनुरोधको प्रत्युत्तर स्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै…
झापा, १८ माघ । झापा क्षेत्र नं. ३ मा १२ वर्षपछि झापा ३ मा एमालेले आफ्नै उम्मेदवार पाएको छ । पार्टीमा अनुशासित र सालिन पहिचान बनाएका हरि बहादुर राजवंशीले उम्मेदवारी दर्तापछि शुभचिन्तकहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् । ‘भूमिपुत्र’ नै उम्मेदवार पाएपछि झापा ३ का मतदाता उत्साहित भएको एमाले कार्यकर्ताको धारणा छ । फागुन २१ मा हुने निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरु आन्तरिक भेटघाटलाई तीब्रता दिइरहेका छन् । यसैबीचमा मतदाताहरुले देखाएको सद्भावले राजवंशी निर्वाचनमा जीत निकाल्ने ठाउँमा पुगेका छन् । एमालेबाट उम्मेदवार बनेका राजवंशीले झापा ३ का मतदाता मत बदल्न आतुर रहेको बताउँछन् । सुर्यमा मतदान गर्न इच्छुक मतदाताहरुको भावना १२ वर्षपछि सम्बोधन…
झापा, १८ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर…
झापा, १८ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै,…