
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, १५ माघ । ६४ औँ नेपाल नर्सिङ दिवसको अवसर पारेर बिहीबार प्रादेशिक अस्पताल भद्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नर्सिङ समिति प्रादेशिक अस्पताल भद्रपुरको आयोजनामा अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा १३ महिला र १२ पुरुष गरी २५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग रहेको कार्यक्रमको उद्घाटन अस्पतालका डा. मनिष सुवेदीले गरेका थिए । नर्सिङ समितिकी अध्यक्ष अनिता दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका बीच अस्पतालमा लामो समयदेखि सेवारत स्वास्थ्यकर्मी विश्वेश्वरप्रसाद चौधरीलाई समन गरिएको थियो । निरु कुँवरले सञ्चालन र रेनु मल्लिकले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि डा. सुवेदी, स्वास्थ्यकर्मी सीता भण्डारी, रञ्जना डाँगी, उपमा…
बिर्तामोड, १५ माघ । झापाको बिर्तामोड नगरपालिका–१ पञ्चकन्या प्लटिङमा गए राति एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय पुनम देवी साहको घरलाई निशाना बनाउँदै चोरले सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसहित करिब १९ लाख रूपैयाँ बराबरको सम्पत्ति लुटेर लगेका हुन्। राति चोरले धनमाल चोरेर फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बिहान मात्र चोरी भएको थाहा पाएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए। घटना लगत्तै पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी अनुसन्धान अगाडि बढाएको छ। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।
झापा, १५ माघ । वीरता जेसीजको ४५औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वीरता जेसीज सन् २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा वर्ष २०२६ का लागि निर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो । समारोहमा अध्यक्ष कुँवरले आफ्नो कार्यकालको जिम्मेवारी हस्तान्तरण गर्दै अध्यक्षीय चेन सन् २०२६ का अध्यक्ष लोकचन्द्र श्रेष्ठ (एलसी) को गलामा पहिर्याएका थिए । कार्यक्रममा बसन्त ढकालले जेसीज आस्था वाचन गरेका थिए भने जुनियर रेश्मा चिमरियाले जेसीआईको मिसन तथा भिजन प्रस्तुत गरेकी थिइन् । संयोजक जेसी अमरजित शाहले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।…
बिर्तामोड, १५ माघ । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा झापामा वृद्धाश्रममा फलफुल तथा खाद्यान्न वितरण गरिएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले बिहीबार वृद्धवृद्धालाई फलफुल तथा खाद्यान्न वितरण गरेर स्थापना दिवस मनाएको हो । बिर्तामोड–५ स्थित लालीगुराँस भक्तबारी टोलस्थित गुरुप्रसाद–डिकमाया फाउण्डेसनद्वारा सञ्चालित स्नेहा माया घरमा खाद्यान्न तथा फलफुल वितरण गरिएको हो । केन्द्रीय सदस्य राजु पाठक, निवर्तमान सदस्य लिलाराज झापाली, जिल्ला अध्यक्ष पुष्प खड्का, उपाध्यक्षद्व होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिव प्रकाश उप्रेती, कोषाध्यक्ष मनोज तिवारी, सहसचिव राजन साम्पाङ, निवर्तमान प्रदेश सदस्य चुडामणी तिम्सिना र जिल्लाका निवर्तमान सचिव उद्धव पुरी लगायत कार्यक्रममा सहभागी थिए ।…
झापा, १५ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय…
झापा, १५ माघ । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् । काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएका हुन् । पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार लिइएको परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका छन् । लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए। उनीहरूमध्ये २४ जना अनुपस्थित भएको काउन्सिलले जनाएको छ । यसपटक मेडिकल (एमबीबीएस तर्फ) ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना सहभागी थिए । त्यसमध्ये ३०० जना (३८.७ प्रतिशत) मात्रै…
झापा, १५ माघ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि रु छ करोड ७५ लाखको मात्र नयाँ…
झापा, १५ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा, क्यानेडियन डलर एकको…
झापा, १५ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात…
झापा, १४ माघ । झापाको शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले उचालेको छ । दूधे रंगशालामा सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिकाले दमक नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । कनकाईको जितमा रुचन लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुवै गोल गरेका थिए । उपाधि जितेसँगै कनकाई नगरपालिकाले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता दमक नगरपालिकाले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको ‘म्यान अफ द म्याच’ कनकाई नगरपालिकाका लक्ष्मण भुजेल घोषित भए । प्रतियोगिताका विभिन्न विधागत अवार्डहरूमा पनि…