jhapaonline add

झापा, १३ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो । धर्मशास्त्रविद्…

Read More

झापा, १३ चैत । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै…

Read More

झापा, १३ चैत । प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ । यसैगरी, काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना, लहान नगरपालिका–३ बाट एक जना र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीबाट दुई जनालाई पक्राउ गरिएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराबाट एक,कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, धरान उपमहानगरपालिका–१६ पानीट्याङ्कीबाट…

Read More

झापा, १३ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा अधिकांश बदली, पहाडमा साधारणतया बदली र…

Read More

झापा, १२ चैत । झापाको भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारीबाट प्रहरीले लागुऔषधसहित बिर्तामोडका तीन जना युवालाई पक्राउ गरेको छ । आज बिहीबार दिउँसो करिब ३ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई चेकजाँच गर्दा शरीर खानतलासीका क्रममा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्लास्टिकसहित तौल गर्दा ३ ग्राम २३० मिलिग्राम र प्लास्टिक बाहेक ३ ग्राम ०१० मिलिग्राम लागुऔषधसहित बिर्तामोड–७ का २८ वर्षीय अजय रिऋदेव, बिर्तामोड–३ सैनीकमोडका २७ वर्षीय रस्को मुर्मु र बिर्तामोड–३ हर्कलाल मार्गका ३२ वर्षीय सरोज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई अनुसन्धान तथा कानुनी कारबाहीका…

Read More

मोरङ, १२ चैत । विराटनगरमा गत चैत ६ गते आफ्नै श्रीमती कोमल कुमारी साहको हत्या गरी शव लुकाउने प्रयास गरेको आरोपमा उनका श्रीमान् रोशन साह र जेठाजु दिपेन्द्र साहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार रोशनले श्रीमतीलाई सारी र गलबन्दीले घाँटी कसी हत्या गरेका थिए । शवलाई तन्नामा पोको पारेर दाजुसँग मिलेर सिटी सफारीमा राखी छाला फ्याक्ट्री नजिकैको नालीमा फालेका थिए । शव फालेको दुई दिनपछि रोशनले प्रहरीमा ‘श्रीमती हराएको’ भन्दै निवेदन दिएर अपराध लुकाउने प्रयास गरेका थिए । तर, चैत १० गते स्थानीयले शव फेला पारेपछि अनुसन्धानले उनीहरूलाई दोषी ठहर गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको…

Read More

झापा, १२ चैत । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा रु दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच…

Read More

झापा, १२ चैत । झापा, सुनसरी र उदयपुरबाट प्रहरीले बुधबार लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका–९ का ३३ वर्षीय दिनेश कुर्मीलाई लागुऔषध ब्राउनसुगर २ ग्राम ६९० मिलिग्रामसहित भद्रपुर–५ मेचीपुलबाट पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित पानीट्याङ्कीबाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३० वर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरले कटारी नगरपालिका–५ बरमझीयाका ३३ वर्षीय तुलबहादुर थापालाई १० किलोग्राम गाँजासहित उनकै घरबाट पक्राउ गरेको छ ।…

Read More

झापा, १२ चैत । २०८२ वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटनामा ४७९ जनाको मृत्यु भएको भने ३८ जना घाइते भएका छन् । भएका छन् । विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै, एक हजार ८०० जना घाइते भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् । यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका…

Read More

झापा, १२ चैत । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने…

Read More