
झापा, १२ चैत । झापाको भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारीबाट प्रहरीले लागुऔषधसहित बिर्तामोडका तीन जना युवालाई पक्राउ गरेको छ ।
आज बिहीबार दिउँसो करिब ३ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई चेकजाँच गर्दा शरीर खानतलासीका क्रममा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्लास्टिकसहित तौल गर्दा ३ ग्राम २३० मिलिग्राम र प्लास्टिक बाहेक ३ ग्राम ०१० मिलिग्राम लागुऔषधसहित बिर्तामोड–७ का २८ वर्षीय अजय रिऋदेव, बिर्तामोड–३ सैनीकमोडका २७ वर्षीय रस्को मुर्मु र बिर्तामोड–३ हर्कलाल मार्गका ३२ वर्षीय सरोज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।


