
झापा, १२ चैत । झापा, सुनसरी र उदयपुरबाट प्रहरीले बुधबार लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका–९ का ३३ वर्षीय दिनेश कुर्मीलाई लागुऔषध ब्राउनसुगर २ ग्राम ६९० मिलिग्रामसहित भद्रपुर–५ मेचीपुलबाट पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित पानीट्याङ्कीबाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३० वर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरले कटारी नगरपालिका–५ बरमझीयाका ३३ वर्षीय तुलबहादुर थापालाई १० किलोग्राम गाँजासहित उनकै घरबाट पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


