
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २२ साउन । झापाको मेचीनगर नगरपालिका–१५ बङ्गसल सीमा क्षेत्रबाट भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका लत्ताकपडा तथा विभिन्न इलेक्ट्रोनिक्स सामानसहित दुईवटा सिटी सफारी सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर, झापाका अनुसार साउन २१ गते अपराह्न ४ बजे सशस्त्र प्रहरी निरीक्षक मुकेश प्याकुरेलको कमाण्डमा खटिएको ९ सदस्यीय मोबाइल गस्ती टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो । नियन्त्रणमा लिइएका सामान तथा सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि साउन २२ गते बिहान ११ः५५ बजे भद्रपुर भन्सार कार्यालयमा बुझाइएको थियो। भन्सार कार्यालयले बरामद सामानको भन्सार मूल्य ५…
झापा, २२ साउन । जापानमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औँ एसियन गेम्स ९एसियाली खेलकुद०मा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) २०औँ एसियन गेम्सका लागि २२ खेलमा सहभागी हुने खेलाडी संख्या टुङ्गो लगाएको हो । एसियन गेम्स २०२६ मा १३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिएका छन् । यस्तै २२ खेलमा कूल ३२ प्रशिक्षक समावेश हुनेछन् । खेलाडी र प्रशिक्षक गरी कूल १६८ जना नेपालबाट जापान जानेछन् ।
अशोक थापा मगर निर्देशित फिल्म हो ‘जलाकी’ । फिल्मको पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगी र अन्जु पन्तको स्वर रहेको छ । सुरेन्द्र रानाको शब्द, गायक योगीकै संगीत रहेको गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् । गीतको भिडियो सुरेन्द्र राईले कोरियोग्राफी गरेका हुन् । गीतका अलवा निर्माण युनिटले फिल्म्का दुई पोष्टर सार्वजनिक गर्दै ४ मंसिर प्रदर्शन घोषणा गरेको छ । फिल्ममा सोनम र उपासनाको अलवा शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा…
उर्लाबारी, २२ साउन । मोरङको कानेपोखरी ४ का ८ वर्षीय बालक जीव दनुवारको स्थानीय भलुवा बाँधमा डुबेर मृत्यु भएको छ । कानेपोखरी ४ का वडासदस्य प्रदीप राईका अनुसार साथीहरूसँग बिहीबार दिउँसो करिब ४ बजे भलुवा खोलामा पौडी खेल्न गएका स्थानीय बिमल दनुवारका छोरा जीव बेपत्ता हुनुभएको हो । जीव राति ८ बजेसम्म घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए । त्यसक्रममा बालकसँगै पौडी खेल्न गएका साथीहरूले उनी खोलाको दहमा डुबेको जानकारी दिएका थिए। त्यसपछि उहाँका हजुरबुवा शुक्रबहादुर दनुवारले खोजी गर्दा सोही बाँधबाट बालकलाई मृत अवस्थामा निकालिएको थियो । प्रहरी चौकी रमाइलोबाट प्रहरी नायब निरीक्षक सदानन्दकुमार यादवले बालकको उद्धार गरी…
झापा, २२ साउन । राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२–८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । उक्त अवधिमा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन करिब रु एक अर्ब ७४ करोड ६० लाखले वृद्धि भएको हो । आर्थिक वर्ष…
बैङ्कक, २२ साउन । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा शुक्रबार भएको गोली हानाहानमा कम्तिमा चार जनाको मृत्यु भएको पुष्टि गर्दै अन्य १५ जना विद्यार्थी घाइते भएको आन्तरिक उप मन्त्री पोलापी सुवुन्चवीले बताउनुभएको छ । नोन्थाबुरी प्रान्तको उक्त विद्यालयमा भएको आक्रमणमा दुई जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको मन्त्री पोलापी सुवुन्चवीले स्थानीय प्रसारणकर्ता थाई पिबिएसलाई बताउनु भएको छ । अधिकारीहरूलाई उद्धृत गर्दै गरिएको स्थानीय मिडिया रिपोर्टका अनुसार बन्दुकधारीलाई किशोर अवस्थाका विद्यार्थीका रूपमा पहिचान गरिएको थियो घटनामा भने उनको मृत्यु भएको पनि रिपोर्ट गरिएको थियो । केही रिपोर्टहरूले प्रहरी अधिकारीहरूले संदिग्धलाई गोली हानेर मारेको पनि बताएका छन्…
झापा, २२ साउन । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत् सेवा कटौती गर्न लागिएको हो । सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रङ्गेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुने आयोजना प्रमुख दर्शन राय यादवले बताउनुभयो । रासस
झापा, २२ साउन । आज पनि सुन चाँदीको भाउ बढेको छ । । तीन दिनमा सुन तोलामा १३ हजार १०० रुपैयाँले बढेको हो । हिजो बिहीवार एकैदिन ८ हजार रुपैयाँले र आज सुनको भाउ ९०० रुपैयाँले बढेको छ । सुन आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि लगातार बढेको छ । हिजो पनि ९५ रुपैयाँले बढेर ४ हजार ५७० र आज तोलामा १० रुपैयाँँले बढेर चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिर्तामोड, २२ साउन । ह्वाइटहाउस एजुकेसन फाउण्डेसनअन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी बिर्तामोडले ‘रन फेस्ट’ र ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन प्राप्त चार वर्षे ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआइटी) तथा ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (इन्फर्मेसन टेक्नोलोजी) को अध्यापन शुरुसँगै प्रविधि, नवप्रवर्तन र युवाको क्षमता विकासलाई केन्द्रमा राखेर ह्वाइटहाउस कलेजले बिर्तामोडमा यी दुई कार्यक्रम आयोजना गर्ने भएको हो । ह्वाइटहाउस कलेजले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका विषयमा जानकारी दिएको छ । ह्वाइटहाउस एजुकेसन फाउण्डेसनका अध्यक्ष युवराज शर्माले ह्वाइटहाउस एजुकेसन फाउण्डेसनका विषयमा जानकारी दिँदै कार्यक्रमका विषयमा जानकारी दिएका हुन् ।…
कनकाई, २२ साउन । झापाको कनकाई नगरपालिकाले आधारभूत तह कक्षा–८ उत्तीर्ण गर्न नसकेका बालबालिकाका लागि वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले दोस्रो पटक साउन १४ गते सूचना प्रकाशित गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा १९ को व्यवस्था अनुसार कक्षा–८ उत्तीर्ण नगरेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा १९ मा कुनै पनि नागरिकले मिति २०७८ वैशाख १ गतेदेखि आधारभूत तह कक्षा–८ उत्तीर्ण नगरेमा सरकारी तथा गैरसरकारी संघ, संस्थाबाट कुनै पनि सेवा, सुविधाबाट…