
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २७ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले विशेष गरी…
झापा, २६ पुस । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–२ बेल्टार निवासी रमेश खनाललाई आज चितुवाले आक्रमण गरी घाइते बनाएको छ। मकैबारीमा काम गरिरहेका खनालमाथि मकैबारीमै लुकेर बसेको चितुवाले अचानक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूका अनुसार उक्त चितुवा करिब ६ फिट लामो र ४ फिट अग्लो थियो । घटनास्थल खनालको घरबाट करिब ५० मिटरको दूरीमा रहेको छ। खनालले प्रतिकार गरेपछि चितुवा टाङ्टिङ खोलातर्फ भागेको जनाइएको छ । दिनदहाडै जङ्गली जनावर गाउँमा पसेर आक्रमण गर्ने घटना बढ्दै गएकाले स्थानीयबासीलाई सतर्क रहन आग्रह गरिएको छ ।
चितवन, २६ पौष । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं राष्ट्रिय परिषदको केन्द्रीय पार्षद भेला चितवन जिल्लाको भरतपुरमा सुरु भएको छ । केन्द्रीय समितिको आयोजना र तमु विद्यार्थी छोंज धीं चितवन जिल्लाको व्यवस्थापनमा शनिबार भरतपुर महानगर पालिका वडा नं. २ तिनखालेस्थित महाबौद्ध गुम्बा परिसरमा सुरु भएको हो । देशैभरिका ५४ भन्दा बढी जिल्लाका जिल्ला प्रतिनिधिहरु, प्रदेश र केन्द्रीय समिति पदाधिकारी सदस्यहरुको सहभागी रहेको पार्षद भेला २६ र २७ गते चितवन जिल्लामा जारी छ । तमु विद्यार्थी छोंज धीं राष्ट्रिय परिषद अध्यक्ष पवन गुरुङको अध्यक्षतामा औपचारिक कार्यक्रमको उद्घाटन सम्पन्न भएको कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष धन…
बिर्तामोड, २६ पुस । झापाको बिर्तामोडस्थित नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको पाँचौं साधारणसभा सम्पन्न भएको छ । आज बिर्तामोड–४ सहकारी संस्थाले सञ्चालन गर्न लागेको नागरिक अस्पताल परिसरमा संस्थाको पाँचौं साधारणसभा सम्पन्न भएको हो । साधारणसभा संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षता तथा मोरङ सहकारी अस्पतालका कार्यकारी निर्देशक विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि अधिकारीले नाफाभन्दा पनि सेवाभावले सहकारी संस्थाले अस्पताल सञ्चालन गर्नु सुखद् भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र वृहत क्षेत्र भएको बताउनुहुँदै कुन उद्देश्यले अस्पताल सञ्चालन गर्न लागिएको सो कुरा महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले अस्पताल सञ्चालनका लागि आवश्यक र महत्वपूर्ण सुझावसमेत दिनुभयो…
झापा २६ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको…
झापा, २६ पुस । झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित न्यु इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको इष्टन होटलमा कामदारको मृत्यु भएको छ। शुक्रबार साँझ होटलको चौथो तलामा फलामको पाइप सार्ने क्रममा कामदार सप्तरी खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय नरेशकुमार मण्डल अचानक भुईमा खस्दा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल मेची आम्दा अस्पताल धुलाबारीमा उपचारका लागि पठाइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतक मण्डलको शव अस्पतालमै राखिएको छ ।
झापा, २६ पुस । झापाको बिर्तामोड नगरपालिका–४ मुनाल टोलबाट दुई जना युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–१ पाण्डे का २५ वर्षीय निरोज लिम्बू र भद्रपुर नगरपालिका–२ पृथ्वीनगरका २६ वर्षीय सागर प्रधानलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकबाहेक ४१ ग्राम ५८० मिलीग्राम बरामद गरिएको छ । साथै, स्क्रिन टर्ज मोबाइल २ थान, किप्याड मोबाइल १ थान र प्र १–०१–०१५ प ३४२७ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, २६ पुस । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया…
काँकडभिट्टा, २५ पुस । नेपाल र भारतका पत्रकारहरूबीच हुने इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता पुस २७ र २८ गते काँकडभिट्टा खेल मैदानमा हुँदैछ। प्रतियोगिताको तयारी तथा व्यवस्थापनका विषयमा शुक्रबार काकडभिट्टा मा ।बि।को खेलमैदान मा आयोजक समितिको बैठक तथा पत्रकार सम्मेलन सम्पन्न भएको थियो। उक्त बैठकमा नेपाल र भारतका पत्रकार, खेलप्रेमी तथा आयोजक समितिका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकले खेल तालिका, व्यवस्थापन, सुरक्षा, मिडिया समन्वय तथा अतिथि सत्कार सम्बन्धी आवश्यक निर्णयहरू गरेको आयोजक समितिले जनाएको छ। प्रतियोगितामा नेपाल र भारतका पत्रकार टोलीबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ, जसले दुई देशका सञ्चारकर्मीबीचको आपसी सम्बन्ध,…
झापा, २५ पुस । झापाको दमक नगरपालिका–९ स्थित एक वटा थुप्पा उद्योग र एक वटा घरमा आज आगलागी हुँदा रू एक करोड ३० लाख बराबरको क्षति भएको छ । दमक–९ का पदम भण्डारीले सञ्चालन गरेको स्वस्तिक थुप्पा उद्योगमा विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आगलागीबाट उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सोही उद्योगसँगै रहेको तीन तले पक्की घर समेत आगो सल्किँदा घरभित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रवक्ता खड्काले बताउनुभयो । आगो दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाका…