
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ४ पुस । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले घोषणाले मात्रै बालमैत्री अभियान सफल नहुने बताउनुभएको छ । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ लाई बिहीबार बालमैत्री वडा घोषणा गर्नुहुँदै प्रमुख अतिथि सभामुख बिष्टले बालमैत्री अभियानलाई सफल बनाउन निरन्तर काम गर्नुपर्ने बताउनुभयो । “एक पटक घोषणा गरेर मात्र हुँदैन”, उहाँले भन्नुभयो, “यसमा निरन्तरता जरुरी छ, अझै पनि धेरै बालबालिका विद्यालय जानबाट वञ्चित छन् ।” धेरै स्थानमा बालविवाह, महिला हिंसा, मानव बचेबिखनका घटना भइरहेको बताउनुहुँदै उहाँले ती समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय युवाहरू लागुऔषधको दुव्र्र्यसनीमा फँसेर मुलुक नै विकृत अवस्थामा पुगेको उहाँको भनाइ छ । सरकारले २०८७…
झापा, ४ पुस । वैदेशिक रोजगारीका नाममा विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ की ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–५ बस्ने २५ वर्षीय साइरज सुवेदी रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अधिकारीले अल्बानिया पठाउने भन्दै रु १९ लाख, विश्वकर्माले क्यानडा पठाउने भन्दै रु १९ लाख र सुवेदीले अमेरिका पठाउने भन्दै रु ११ लाख १४ हजार…
भद्रपुर, ४ पुस । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म झापामा ४९६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा उद्योगतर्फ २४३ र वाणिज्यतर्फ २५३ फर्म दर्ता भएका हुन्। त्यस्तै, उद्योगतर्फ ५०० र वाणिज्यतर्फ ४७९ उद्योग नवीकरण गरिएको छ। कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो पाँच महिनामा उद्योगतर्फ १०८ र वाणिज्यतर्फ ७७ उद्योग खारेज भएका छन्। सो अवधिमा १२ उद्योग स्थानान्तरण, २८ उद्योग नामसारी, १८ उद्योग नाम परिवर्तन तथा ३६ उद्योगले उद्देश्य थप गरेका छन्। सूचना अधिकारी भट्टराईका अनुसार उद्योग बन्द गराउनेको सङ्ख्या कम भए पनि नवीकरण…
झापा, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनलाई थुनामुक्त गरिनेछ । लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन् । उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तीनवटा सर्तसहित लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएको थियो । आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ । रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखतसहित कागजी प्रक्रिया…
झापा, ४ पुस । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
हल्दिबारी, ३ पुस । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ लाई आज बालमैत्री वडा घोषणा गरिएको छ । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले हल्दिबारी–४ लाई बालमैत्री वडा घोषणा गर्नुहुँदै वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापालाई प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति झापा र हल्दिबारी गाउँपालिकाले समेत वडा नं. ४ लाई कदर पत्र प्रदान गरेको छ । त्यस्तै वडालाई बालमैत्री बनाउन योगदान पु¥याउने विभिन्न संघ–संस्था, व्यक्तिहरुलाई सम्मान गरिएको छ । प्रमुख अतिथि सभामुख बिष्टले बालमैत्री अभियानलाई सफल बनाउन निरन्तर काम गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेश सरकारले हल्दिबारी–४ मा बालमैत्री अभियानका लागि केही न केही बजेट छुट्याउने सभामुख…
झापा, ३ पुस । झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २ गते विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–५ का धिरज न्यौपानेलाई ९ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ। त्यसैगरी, झापाको इलाका प्रहरी कार्यालय दमकले दमक–६ का वीरबहादुर पौडेललाई १ ग्राम २३० मिलिग्राम ब्राउनसुगरसहित र कनकाई नगरपालिका–६ का गोपाल राजवंशीलाई १७० मिलिग्राम ब्राउनसुगरसहित अस्थायी प्रहरी पोष्ट दुर्गापुरले पक्राउ गरेको छ । त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का विशाल राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ५८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
झापा, ३ पुस । नेकपा एमालेको एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कुल २,२६३ प्रतिनिधिमध्ये ३६ जनाले मतदानमा भाग लिन सकेनन् । निर्वाचन आयोगका अनुसार जम्मा २,२२७ मत खसेको छ । ३६ जना प्रतिनिधि विभिन्न कारणले मतदानमा सहभागी हुन नसकेको आयोगले जनाएको छ । मतदानमा अनुपस्थित हुनेमध्ये मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना उपाध्याय, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा…
झापा, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक नबन्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने भुल्का मार्गको बुधबार उद्घाटन गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष लिङ्देनले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो । “विश्वका धेरै मुलुकहरूले फड्को मारिसकेको अवस्थामा नेपाल नबन्नुपर्ने कारण छैन”, उहाँले भन्नुभयो, “मुलुकको शिक्षा, नीति, राजनीति र नेतृत्व परिवर्तन आवश्यक छ ।” कुनै पनि काम गर्दा ‘खानुपर्छ, चोर्नुपर्छ’ भन्ने मानसिकता त्याग्न जरुरी रहेको उहाँ बताउनहुन्छ । देश पाँचदेखि १० वर्षमा बन्ने उल्लेख गर्नुहुँदै उहाँले भ्रष्टाचार नियन्त्रण गरेर असल सोचका साथ काम गरेर…
झापा, ३ पुस । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्रोत सामग्रीमा सात वटा परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका छन् । परिच्छेद एकमा लोकन्त्र र संविधान, परिच्छेद दुईमा निर्वाचन तथा राजनैतिक दलसम्बन्धी व्यवस्था, परिच्छेद तीनमा निर्वाचन प्रणाली, विभिन्न तहको निर्वाचन तथा समावेशिता, परिच्छेद चारमा निर्वाचन चक्र, प्रक्रिया ९मतदान प्रक्रिया, नोटा ९नो भोट० मतगणना आदि० बारे विषयवस्तु समावेश छन् । यसैगरी परिच्छेद पाँचमा निर्वाचन व्यवस्थापन…