
झापा, २ फागुन । चालु आर्थिक वर्ष ०८२–०८३ को पहिलो ८ महिनामा देशको पूर्वी नाका काँकडभिट्टा हुँदै तेस्रो मुलुकबाट ६ हजार ७९१ पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आ।व। को साउनदेखि फागुनसम्ममा काँकडभिट्टा नाकाबाट अमेरिका, बेलायत, भूटान लगायतका मुलुकका पर्यटक नेपाल भित्रिएका हुन् ।
कार्यालयका अनुसार साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा १ हजार ८५०, माघमा १एक हजार ३९५ र फागुनमा १ हजार पाँच जना पर्यटक नेपाल भित्रिएका हुन् ।
सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका ३ हजार १३३ जना नेपाली सोही नाका भएर नेपाल फर्किएको समेत कार्यालयले जनाएको छ । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किने पर्यटकको संख्या ६ हजार ५५२ छ भने १ हजार ८४७ जना नेपालीसमेत विदेश गएका छन् ।


