
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
काठमाडौँ, २१ साउन । ललितपुरको ग्वार्कोमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको हो । उपचारको क्रममा उनको बीएण्डबी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । । दुर्घटनामा घाइते भएका १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
झापा, २१ साउन । आज सुनको भाउ बढेको छ । सुन तोलामा आठ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुन तोलामा चार हजार २०० रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर तोलाको चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
इनरुवा, २१ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१६ पौडेल चोकबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का २२ वर्षीय अनिष तामाङ, सोही स्थानकी १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर तथा सोही स्थानका २१ वर्षीय अभिनाश थापा मगर रहनुभएको छ। सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल ३१६ पिस, स्पासपेन–फ्री १९५ पिस, स्पासप्रो १०० पिस र स्पासरेस्ट १८ पिस गरी जम्मा ६२६ पिस ट्याब्लेट…
झापा, २१ साउन । हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिनादर्ता तथा आवश्यक कानुनी कागजातबिनै सञ्चालन भइरहेको पाएको छ । बुधबार भएको अनुगमनपछि गाउँपालिकाले त्यस्ता व्यवसायलाई आगामी २५ गतेभित्र गाउँपालिकामा दर्ता भई आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । साथै मूल्यसूची, होल्डिङ बोर्ड, बिल÷रसिदलगायत अन्य आवश्यक कानुनी कागजातसमेत सोही अवधिभित्र गाउँपालिकामा पेस गर्न पनि निर्देशन दिएको छ । अनुगमन टोलीको नेतृत्व गर्नुभएकी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले लक्ष्मीदेवी मैनालीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता अधिकारको संरक्षण गर्ने उद्देश्यले अनुगमन अभियानलाई निरन्तरता…
झापा, २० साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका ४२ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकममार्फत पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता गरिएको जनाएको छ। समिताका अनुसार बचत रकमको आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः अन्य पीडितलाई पनि रकम फिर्ता गरिनेछ।
गौरीगञ्ज, २० साउन । झापाको गौरीगञ्ज गाउँपालिका–३ बुधबारे हटियाबाट प्रहरीले भन्सार छलि ल्याइएको २० किलो मुङ्ग्री माछा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी नायब निरीक्षक मेखबहादुर बस्नेतको नेतृत्वमा खटिएको गस्ती टोलीले मंगलबार अपराह्न करिब ४ बजे प्लास्टिकमा लुकाइछिपाइ राखिएको करिब ६ हजार रुपैयाँ बराबरको माछा फेला पारी बरामद गरेको हो । बरामद गरिएको माछा इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, पशु क्वारेन्टाइन तथा बजार व्यवस्थापन समितिका प्रतिनिधिको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।
झापा, २० साउन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणमा देखिएको समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधि सहभागी टोलीले मंगलबारदेखि नै काम सुरु गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। निगमले उपभोक्तालाई झन्झटरहित रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले टोली गठन गरिएको जनाएको छ। साथै, ग्यासको आयात नियमित भइरहे पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या देखिएको स्वीकार गरेको छ।
झापा, २० साउन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ८०० थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ४७५ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको…
इलाम, २० साउन । इलामका चर्चित कलाकार मुकेश गुरुङ र डेब्यु कलाकार अंकिता अधिकारीको अभिनय रहेको नयाँ लोकगीत ‘तिरखाले खोली धाएको बोल’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, सोनिया गोङ्बा र सन्तोष राईको स्वर रहेको छ। भिडियोको निर्देशन हिकास राईले गर्नुभएको हो। म्युजिक भिडियोमा गाउँघरको मौलिक जीवनशैली, रहनसहन, संस्कृति तथा प्राकृतिक सौन्दर्यलाई आकर्षक रूपमा चित्रण गरिएको छ। कलाकारहरूको सशक्त अभिनय र दृश्य संयोजनले गीतलाई थप जीवन्त बनाएको छ। उक्त म्युजिक भिडियो Dush Music युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। मौलिक विषयवस्तु र नयाँ प्रस्तुतिका कारण गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको…
झापा, २० साउन । पछिल्लो २४ घण्टामा देशका ५२ जिल्लामा भएका ६६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । घटनामा २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १० बजेदेखि साउन १९ गते बिहान १० बजेसम्म बाढी, पहिरो, आगलागी, सर्पदंश, चट्याङ र वन्यजन्तु आक्रमणलगायतका घटना भएका हुन् । यस अवधिमा १०२ जनाको उद्धार गरिएको छ भने ३३० जना प्रहरी परिचालन गरिएको थियो । प्राधिकरणका अनुसार वैशाख १ देखि साउन १९ गतेसम्म देशभर चार हजार १५९ विपद्का घटनामा १९८ जनाको मृत्यु, चार…