jhapaonline add

सुनसरी, १० मंसीर । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थितबाट २० किलो गाँजा सहित WB 02AL0175 नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ९ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र सुनसरीको प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हरिनगर गाउँपालिकाŒ६ स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको कारको डिकीमा कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको २० किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो । ओसारपसारमा संलग्न ब्याक्तिको खोजि कार्य भईरहेको छ ।

Read More

झापा, १० मंसीर । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० दल दर्ता भएका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल दर्ताको निवेदन पेस गरेका छन् । आयोगमा सोमबारसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि १० गतेसम्म समय तोकेको छ । उहाँका अनुसार मङ्सिर १ गते १२ वटा, २ गते पाँच, ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६, ८ गते आठ र ९ गते १६ वटा राजनीतिक दल दर्ता भएका छन् । मङ्गलबार नै नेपाल…

Read More

झापा, १० मंसीर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विशेष अदालत काठमाडौँमा आज उनीहरूविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो । राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिभन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणि आपागाईं, तत्कालीन नायब सुब्बा रवीनकुमार राजवंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय…

Read More

झापा, १० मंसीर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Read More

झापा, ९ मंसीर । झापा, मोरङ, सुनसरी र इलामका विभिन्न स्थानबाट सोमबार प्रहरीले अपराधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लुटिएका हतियार र ठुलो परिमाणको लागुऔषधसहित एकै दिन १३ जनालाई पक्राउ गरेको हो । प्रहरीले आन्दोलनका क्रममा लुटिएका २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोली बरामद गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा झापाको दमक र इलामको चुलाचुलीबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक–८ का २५ वर्षीय सरोज पुरी, दमक–६ का २९ वर्षीय विश्व लिङ्देन र इलाम चुलाचुली–४ का पवन हाङ्सुरुम्वा रहेका छन्। मुख्य…

Read More

भद्रपुर, ९ मंसीर । झापाको भद्रपुर नगरपालिकामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भद्रपुरमा समेत शुरु भएको हो । अभियान उद्घाटनको अवसरमा यहाँस्थित मेचीपुलबाट ¥याली निकालिएको छ । विभिन्न नारा लेखिएको ब्यानगरसहित मेचीपुलबाट शुरु भएको ¥याली भद्रपुर बजार हुँदै झापा चोकमा गएर कोण सभामा सम्पन्न भएको थियो । कोण सभालाई सम्बोधन गर्नुहुँदै भद्रपुर नगरपालिकाकी उपप्रमुख एवम् नगरको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल आयोजक समिति संयोजक राधा कार्कीले लैगिंक हिंसा न्यूनीकरणका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । लैगिंक हिंसा…

Read More

झापा, ९ मंसीर । झापाको मेचीनगर नगरपालिका–१० रामघाटस्थित सिडीमा एक जना पुरुष मृत फेला परेका छन् । खयरडाँगीका ५५ वर्षीय काजीकुमार कार्की मृत अवस्थामा फेला परेका हुन् । स्थानीयबासीले आज बिहान उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शवलाई प्रारम्भिक परीक्षणपछि प्रादेशिक अस्पताल भद्रपुर हुँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

झापा, ९ मंसीर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा, क्यानेडियन…

Read More

झापा, ९ मंसीर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म तोडफोड र आगजनी गरेको अभियोगमा एक सय ५४ वटा मुद्दा परेका छन् । प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छाडिएको जनाएको छ । एक सय १३ जनामाथि अनुसन्धान भइरहेको जनाउँदै ३३ जनालाई धरौटीमा छाडिएको छ भने पुर्पक्षका लागि ४३ जनालाई थुनामा पठाइएको छ । आगजनी, तोडफोड, आपराधिक उपद्रवसँगसम्बन्धी एक सय चार वटा जाहेरी दर्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । त्यसमा व्यक्तिगत २२, सरकारी कार्यालय आगजनी र तोडफोड गरेको…

Read More

झापा, ९ मंसीर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । आयोगका अनुसार यही मङ्सिर १ गते १२, मङ्सिर २ गते पाँच, मङ्सिर ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए…

Read More