झापा, ९ मंसीर । झापाको मेचीनगर नगरपालिका–१० रामघाटस्थित सिडीमा एक जना पुरुष मृत फेला परेका छन् । खयरडाँगीका ५५ वर्षीय काजीकुमार कार्की मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयबासीले आज बिहान उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शवलाई प्रारम्भिक परीक्षणपछि प्रादेशिक अस्पताल भद्रपुर हुँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box


