
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ५ मंसीर । झापा जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ। आज बिहान ८ः०० बजे कारागारमा रहेका भारत पश्चिम बंगाल दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर लिम्बूलाई अचानक प्रेसरको समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । बिहान ८ः४० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतकको शव अस्पतालमै राखिएको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको छ। मृतकको घटनाबारे आफन्तलाई जानकारी गराइएको छ ।
झापा, ५ मंसीर । आज देशभरको मौसम सफा रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका हनसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ। आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने अनुमान महाशाखाले गरेको छ।
झापा, ५ मंसीर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्ने छन् । पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् । सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश…
झापा, ५ मंसीर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन…
झापा, ५ मंसीर । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ । विभागले बिहीबारमात्र काठमाडौँका नौवटा पानी उद्योगमा अनुगमन गरेको थियो । पिउनेपानीमा कैफियत भेटिएको भन्ने गुनासो आएपछि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको छ । विभागले कोशी मिनरल वाटर उद्योग, स्तुपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड वेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको थियो । यस्तै, मङ्सिर ३ गते काठमाडौँका विभिन्न ११ वटा पसल, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गरेको थियो । गोकर्णेश्वरमा रहेको जल्पादेवी कस्मेटिक र सुजाता फेन्सीलाई…
झापा, ५ मंसीर । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको…
झापा, ५ मंसीर । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार मेडिकल व्यवसायी प्रसाईँलाई थुन्नुको आधार र कारणसहित अदालतमा उपस्थित गराउन भनेको छ । “आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनु”, आदेशमा भनिएको छ, “महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरुको नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु ।” बुबालाई गैर कानुनी थुनामा राखिएको उल्लेख गर्दै प्रसाईँका छोरा निराजन प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन…
झापा, ५ मंसीर । अलैंची निर्यातमा ‘अन्डर बिलिङ’को तथ्य सार्वजनिक भएपछि आयकर छली र हुण्डीमार्फत अवैध रकम भित्रिने समस्या उजागर भएको छ। यसबाट करोडौँको आयकर छलीमात्रै नभएर अर्बौं रुपैयाँ अवैध तरिकाले हुण्डीमार्फत नेपाल भित्रिने गरेको देखिन्छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१–८२ मा ४ हजार ३ सय टन अलैंची निर्यात भई ७ अर्ब ६८ करोड रुपैयाँ आम्दानी भएको थियो। चालु आर्थिक वर्षको असोजसम्ममा मात्रै १ हजार ७२ टन अलैंची भारततर्फ निर्यात भई १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी भएको छ। किसानले प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँसम्म पाएका भए पनि भन्सारमा आधा मूल्य मात्र देखाइएको छ। व्यापारीले…
झापा, ४ मंसीर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः सुब्रत न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको तेह्रौं वार्षिक साधारण सभासँगै भएको अधिवेशनले न्यौपानेको नेतृत्वमा आगामी चार वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा हेमराज मिश्र र सचिवमा युवराज निरौला निर्विरोध निर्वाचित भएको निर्वाचत अधिकृत अर्जुन बस्नेतले जानकारी दिनुभयो । त्यस्तै संस्थाको नौ सदस्यीय सञ्चालक समितिको सदस्यमा चिजा राई, अशोक गिरी, तारादेवी गौतम, लक्ष्मीप्रसाद घिमिरे, रोहित काफ्ले र रुपा कोइराला चयन हुनुभएको छ । यस्तै, संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सूर्यकुमार खतिवडा, यामनाथ खरेल र लक्ष्मी देवान निर्विरोध…
झापा, ४ मंसीर । भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले उपलब्ध गराउने १० वटामध्ये एकवटा बेली ब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार हेटौँडामा…