झापा, ४ मंसीर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः सुब्रत न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ ।
संस्थाको तेह्रौं वार्षिक साधारण सभासँगै भएको अधिवेशनले न्यौपानेको नेतृत्वमा आगामी चार वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा हेमराज मिश्र र सचिवमा युवराज निरौला निर्विरोध निर्वाचित भएको निर्वाचत अधिकृत अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै संस्थाको नौ सदस्यीय सञ्चालक समितिको सदस्यमा चिजा राई, अशोक गिरी, तारादेवी गौतम, लक्ष्मीप्रसाद घिमिरे, रोहित काफ्ले र रुपा कोइराला चयन हुनुभएको छ ।
यस्तै, संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सूर्यकुमार खतिवडा, यामनाथ खरेल र लक्ष्मी देवान निर्विरोध निर्वाचित हुनुभएको छ ।
संस्थाको गत कात्तिक २७ गतेदेखि ३० गतेसम्म चार वटा इकाइमा भएको इकाइगत साधारण सभा छनोट भएका २७ जना प्रतिनिधिले अन्तिम माइन्युट प्रमाणिकरण गरेका छन् ।
तस्वीर : विष्णु श्रेष्ठ


