jhapaonline add

दिनेश बुढा सुर्खेत, ५ पुस । गएराति रुकुमपश्चिममा ट्याक्टर दुर्घटनाहुँदा पतिपत्नीसहित एकै गाउँका पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। बुधबार राति साढे १० बजेको समयमा आठबीस नगरपालिका(१० को इजाखोला नजिक रा १ त १४ नम्बरको जस्तापाता लोड गरेको ट्याक्टर दुर्घटना परेको हो। दुर्घटनामा एकै वडाका पाँचजनाको मृत्यु भएको आठबीसको नगरपालिकाका नगर प्रमुख रवि केसीले जानकारी दिए। दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। आठबीसकोट…

Read More

काठमाण्डौ, ५ पुस । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुन लागेको हो । यसअघि प्रतियोगितामा दुई समूह विभाजन गरी शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरणमा हुँदै आएको थियो । तर यस पटकदेखि सबै टोलीले एकअर्कासँग खेल्न पाउनेछन् । शीर्ष चार टोली प्लेअफ खेल्नेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आजदेखि काठमाण्डौको कीर्तिपुर र मूलपानीमा हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगितामा हरेक दिन चार वटा खेल हुनेछन् । कीर्तिपुरमा दुई र मूलपानी मैदानमा दुई वटा खेल हुनेछन् । लगातार…

Read More

काठमाडौँ, ५ पुस । “सदनमा पर्याप्त विधेयक प्रवेश नहुँदा भनेजति काम पाइएको छैन । सदनमा विधेयकका चाङ नै लागे पनि कानुन बनाउने काममा मात्रै लागेर हामी सुख पाउँदैनौँ”, प्रतिनिधिसभा सदस्य सरिता भुसालको अनुभव छ, “विधि निर्माणका साथै जनताका विकास र समस्यामा सांसदले साथमा साथ दिन सक्नुपर्छ ।” प्रतिनिधिसभाको एकबर्से अवधिमा सीमित मात्रामा मात्र कानुन बन्न सकेकामा पनि नेकपा एमालेकी नेत्री सन्तुष्ट छैनन् । जति मात्रामा कानुन बनाउनुपर्ने हो त्यति बन्न नसक्नामा सरकारले नै धेरै ‘बिजनेस’ नदिनाको कारण रहेको उनको ठम्याइ छ । त्यसो त समय–समयमा प्रमुख प्रतिपक्षले सरकारसँग विभिन्न विषयमा माग राखी सदन अवरोध गरेकाले पनि कानुन निर्माणले गति नलिएको…

Read More

शिवसताक्षी, ४ पुस । झापाको शिवसताक्षीमा चासोक तङ्नाम भव्यताका साथ मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षी नगरपालिका वडा नं. १,२,३ र ८ नम्बरकोे संयुक्त आयोजनामा फुलबारी खेलमैदानमा चासोक तङ्नाम पर्व मनाइने आज पत्रकार सम्मलेन गरी जानकारी गराइएको हो । भोलि पौष ५ गतेदेखि ११ गतेसम्म चासोक तङ्नाम पर्व सहित सांस्कृतिक मेलाको समेत आयोजना गरिएको कार्यक्रम संयोजक शिव सेर्माले जानकारी दिए । उनले सँधै झै यस वर्ष अलि बृहत रुपमा कार्यक्रमको आयोजना गरिएको बताए । उनको अनुसार भोलि दिउँसो ३ बजे नगरप्रमुख मेगाहाङ्ग थोप्राले चासोक तङ्नामको तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्ने छन् । सांस्कृति कार्यक्रममा लिम्बु जातिका भेषभुषा प्रदर्शनी,…

Read More

झापा, ४ पुस । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले झापाको दमक नगरपालिका–९ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका (दृष्टि बिहिन) बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफूल बितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरी बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफूल बितरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि कुँवरले सामाजिक क्षेत्रमा कार्य गर्ने नेपाल प्रहरी श्रीमती संघको कार्य योजना र लक्ष्य अनुसार बिविध परोपकारी कार्यहरु निरन्तर संचालन गरिरहेको बताउदै…

Read More

झापा, ४ पुस । नेपाली कांग्रेस शिवसताक्षीले नगर प्रमुख मेघाहाङ थोप्रालाई ज्ञापन पत्र बुझाएको छ । पार्टी सभापति अशोक वस्नेत नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो । नगरको घर नक्सा शाखाबाट प्रदान गरिएको सेवामा नगरबासीले प्रश्न उठाएपछि नगर समितिले ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस शिवसताक्षीले जनाएको छ । नगर प्रमुख मेघाहाङ थोप्रालाई बुझाउन गएको एक टोलीले उनको र नगर उपप्रमुखको अनुपस्थितीमा छानविन समितिका सदस्य सचिव समेत रहेका प्रशासन प्रमुख डिल्ली नेपाललाई ज्ञापन पत्र बुझाएको पाटीका सचिव होम दुलालले बताए । शिवशताक्षी नगरपालिका घरनाक्सा पास प्रकरणमा चरम लापारबाही भएको ज्ञापन पत्रमा उल्लेख छ । विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमाशिवसताक्षी नगरपालिकाको कालो…

Read More

रिकेश निरौला सुनसरी, ४ पुस । सुनसरी जिल्ला सदरमुकाम समेत रहेको कृषि नगरि इनरुवा नगरपालिकाका नगरप्रमुख साथै विकाश प्रेमी युवा नेता केदार भण्डारीसँग स्थानिय युवा रिकेश निरौलाले गरेको चियागफको कुराकानी। इनरुवा नगरपालिकामा तपाईं मेयर भए पश्चात दुई वटा आर्थिक बर्षको बजेट ल्याईसक्नु भएको छ, त्यसमा मुुख्य प्रााथमिकता के–के लाई दिनुभयो ?→ आम जनताहरुको माग र आवश्यकतालाई नै हामी निर्वाचित जनप्रतिनिधिहरुले प्रााथमिकता दिने हो। अहिले जनताहरुको बढी भन्दा बढी माग नै बाटो, कृषि, शिक्षा र स्वास्थ रहेको छ। इनरुवा नगर कृषि बजारको मुख्य क्षेत्र भएकोले हाम्रो ध्यान कृषिमा पनि छ। पूर्वाधार बिकास अन्तरगत बाटोको ब्यवस्थापन, निर्माण, पिच गर्न वा ब्लक हाल्ने,…

Read More

बुद्धशान्ति, ४ पुस । बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तिर्थराज तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार आयोजित तेस्रो साधारणसभाबाट तिम्सिना अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण अर्याल, सचिवमा रोशन भट्टराई, सह सचिवमा ज्ञानु भट्टराई र कोषाध्यक्षमा भारती राईलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा विजय उप्रेती, दिपेन विश्वकर्मा, चन्द्रकान्त वाग्ले सर्वसम्मत चयन भएका हुन् । प्रेस क्लबका अध्यक्ष आयुष निरौलाको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एवम् वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । सभामा सह सचिव तीर्थ तिम्सिनाले स्वागत गरेका थिए भने सञ्चालन सचिव रोशन भट्टराईले गरेका…

Read More

के तपाईंले अजिनोमोटो नाम कहिल्यै सुन्नु भएको छ ? वास्तवमा, यो सेतो रङको नुन जस्तो पदार्थ हो, जुन प्रायः चाइनिज खाना जस्तै सूप, चाउचाउ, सस, फ्राइड राइस, डिब्बाबंद तरकारी, मन्चुरियन, फास्ट फूडमा प्रयोग गरिन्छ। खानेकुरा आदि यो खानामा हाल्दा यसको स्वाद बढ्छ।यसमा कुनै सुगन्ध, गन्ध हुँदैन र सेतो रंगको क्रिस्टल जस्तो देखिन्छ। यसमा एक तिहाइ सोडियम पनि पाइन्छ। यसको कुनै स्वाद नभए पनि खानेकुराको स्वाद बढाउँछ। तर कुनै पनि वस्तुको जसरी फाइदा हुन्छ, त्यसैगरी अत्यधिक सेवनले बेफाइदा पनि हुन्छ। अजिनोमोटोको प्रयोगले पनि शरीरलाई धेरै हानी पुर्‍याउन सक्छ । यो मुख्यतया एक प्रकारको रसायन हो। यो प्रोटिन एमिनो एसिडको भाग हो।…

Read More

भद्रपुर, ४ पुस । झापाको भद्रपुरमा केशवप्रसाद रिजाल स्मृति चौथो चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । चन्द्रगढी भेट्रान क्लबको आयोजनामा यही पुस ७ गतेदेखि मेची रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए । नेपाल र भारतका नौवटा भेट्रान क्लबहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल पुस १४ गते हुनेछ । प्रतियोगितामा हिमाली भेट्रान पृथ्वीनगर, दमक भेट्रान लखनपुर, कञ्चनजंघा भेट्रान सिलिगुढी भारत, पूर्वाञ्चल भेट्रान, सिभिसी भेट्रान भद्रपुर, श्रीजंगा भेट्रान ज्ञानेचोक, धुलाबारी भेट्रान, झिलझिले भेट्रान र एभरेस्ट भेट्रान पथरियाको सहभागिता रहेको जैसवालले बताए । प्रतियोगिताको विजेताले नगद ५१ हजार १११, ट्रफी र मेडल पाउनेछ…

Read More