झापा, २४ असार । झापाको मेचीनगर नगरपालिका–४ मनकामना टोलमा सोमबार राति एउटा जंगली हात्तीले आक्रमण गर्दा एक घरमा ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय सुवर्णकुमार खड्काको भान्सा घरमा राति करिब ३ बजे हात्ती पसेर घर भत्काएको र त्यहाँ रहेका खाद्यान्न तथा अन्य सर–सामान नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान ६ः४५ बजे प्रहरी चौकी बाहुनडाँगीमा खबर प्राप्त भएपछि टोली खटिइ घटनास्थलमा पुगेको थियो ।
घटनामा मानव वा चौपायातर्फ भने कुनै क्षति नभएको जनाइएको छ। हात्ती त्यसपछि नजिकैको जंगलतर्फ फर्किएको छ ।
Facebook Comments Box


