
झापा, ८ साउन । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत सञ्चालन हुँदै आएको १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको छ। सरकारले गत आर्थिक वर्षको भुक्तानी नदिएको कारण सेवा स्थगित भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएका हुन्2।
सरकारले विपन्न परिवारका बालबालिकाका लागि प्रति व्यक्ति रु २ लाख ५० हजारको सहायता अनुदान दिने निर्णय गरेको थियो। तर, भुक्तानी नआएपछि गङ्गालाल केन्द्रले सेवा रोक्नुपरेको हो । सांसद सिंहले यो सेवा जीवनरक्षाको माध्यम भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रीलाई तत्काल सेवा सुचारु गर्न आग्रह गरेका छन् ।
सांसद सिंहले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म राप्रपाले संसद बहिष्कार गर्ने घोषणा पनि गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


