
ग्रिन टी –
चिया, कफीको तलतल छ भने आजैदेखि ग्रिन–टीको बानी बसाल्नुस् । ग्रिन टीमा भाइरसहरूलाई नष्ट गर्ने गुण हुन्छ । यसले तपाईंलाई आरोग्य प्रदान गर्छ ।
चिकेन सुप –
रुघाखोकी लागिरहने गर्छ भने चिकेन सुप दिनहुँ खाने बानी बसाल्नुहोस् । किनकि, यसले रुघाखोकी लगाउने भाइरस र ब्याक्टेरिया हटाउनुका साथै तपाईंको शरीरमा पानीको अभाव हुन दिँदैन ।
दही –
दहीमा शरीरका लागि लाभदायक ब्याक्टेरिया पाइन्छन्, जुन शरीरको रोगप्रतिरोधी क्षमता बढाउन सहयोगी हुन्छ ।
जौ –
जौका परिकार खाने गरेमा शरीरमा बेटा–ग्लुक्यान नामक विशेष खालको फाइबरको मात्रा बढ्न जान्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
च्याउ –
च्याउमा पनि बेटा–ग्लुक्यान पाइन्छ । च्याउ खाइरहने मानिसलाई क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ । र शरीरमा रोग लाग्नबाट बचाउँछ ।
माछा –
माछामा भिटामिन, खनिज र प्रोटिनको मात्रा उच्च हुन्छ र बोसो ज्यादै कम । त्यही भएर माछा खाएर रोगसँग लड्ने शक्ति सञ्चय गर्न सकिन्छ ।
ब्रोकाउली –
ब्रोकाउलीमा भिटामिन ए, सी र ई पाइन्छन् । साथै, यसमा विभिन्न खाले एन्टिअक्सिडेन्ट पनि पाइन्छन् । रोगसँग लड्ने क्षमता बढाउन ब्रोकाउलीको सेवन गर्नु राम्रो हुन्छ ।
लसुन –
लसुनले तरकारीको स्वाद बढाउने काम त गर्छ नै, विभिन्न सरुवा र दीर्घकालीन रोगबाट जोगाउन पनि मद्दत गर्छ । साथै, यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउन पनि सहयोग गर्छ । यसमा पाइने एलिसिन नामक तत्वले शरीरको रोगप्रतिरोधी क्षमता अभिवृद्धि गर्छ ।
अदुवा –
रुघाखोकी लागिरहन्छ भने अदुवा खाने गर्नुस् । यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले चिसोजन्य रोगबाट जोगाउन मद्दत गर्छ । खाना खाँदा अदुवाको टुक्रा लिने र चिया, तरकारी, चटनी आदिमा अदुवा हाल्ने बानी बसाउनु फाइदाजनक हुन्छ ।
बदाम –
बदाममा भिटामिन सी र ई प्रशस्त्र मात्रामा पाइन्छन्, जसले चिसोका कारण लाग्ने अथवा सर्ने रोगबाट जोगाउन मद्दत गर्छन् ।
बेसार –
बेसारले रुघाखोकी, ज्वरोजस्ता स–साना रोग लागिरहने मानिसलाई फाइदा पु¥याउँछ । बेसारको सेवनले पेट सफा राख्नमा पनि मद्दत गर्छ ।
अमला र कागती –
अमलामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । भिटामिन सी तातोमा नष्ट हुने प्रकृतिको हुन्छ तर अमलामा पाइने भिटामिन सी ताप वा अन्य कारणले नष्ट हुँदैन । यसबाट पाचनक्रिया ठीक रहन्छ भने छाला र केशलाई पनि फाइदा पुग्छ । यसले एन्टी ब्याक्टेरियलका रूपमा प्रभावकारी काम गर्छ । कागतीबाट प्राप्त हुने भिटामिन सी शरीरका लागि विशेष रूपले लाभदायक हुन्छ । बालबालिकालाई सलादमा पनि कागती खान दिनु राम्रो हुन्छ ।
यसका साथै मौसम अनुसारका फलफूल तथा हरिया सागसब्जी, दूध तथा अण्डाको सेवन गर्नु फाइलाजनक हुन्छ ।एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


