
झापा, १३ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नाग पञ्चमीको शुभकामना दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् आज मुख्यमन्त्री कार्कीले साउन शुक्ल पञ्चमी तिथिमा पर्ने हाम्रो महत्वपूर्ण सांस्कृतिक पर्व नाग पञ्चमी नाग देवताको पूजा गरेर सृष्टिका सबै जीवप्रति श्रद्धा र सहअस्तित्वको सन्देश दिने महत्वपूर्ण पर्व रहेको बताउनुभयो ।
‘जहाँ घरको मूलद्वारमा नाग चित्र टाँसी सर्प, आगो र चट्याङको भय टार्ने जनविश्वास रहिआएको छ । यस चाडको पावन अवसरमा यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

