
झापा, २१ साउन । साउदी अरेबियाले ६२ जना नेपाली कैदीहरूलाई रिहा गरेको छ ।
साउदीले ईद र इस्लामिक वर्ष १४४६ हिजरीको अवसरमा उनीहरुलाई रिहा गरेको हो । आज परराष्ट्र मन्त्रालयले साउदी सरकारप्रति धन्यवाद प्रकट समेत व्यक्त गरेको छ । मन्त्रालयले साउदी सरकारद्वारा नेपाली नागरिकहरूप्रति देखाइएको सद्भावपूर्ण व्यवहारले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेको छ ।
रिहा गरिएका नेपाली नागरिकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी साउदी सरकारका सम्बन्धित निकायबाट अनुमति पाएपछि नेपाल फर्कने मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


