
झापा, २ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गर्नुभएको छ। जेलबाट रिहा भएपछि आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले देशको अवस्था परिवर्तन गर्न दल खोल्ने निर्णय सार्वजनिक गर्नुभयो।
“म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ,” प्रसाईंले भन्नुभयो, “देश र जनतामाथि भइरहेको लुटपाटलाई टुलुटुलु हेरेर बस्न सकिन। म र मेरो परिवारभन्दा नेपाल र नेपाली प्राथमिकतामा छन्।”
प्रसाईंले राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक अधिकारको रक्षाका लागि आफू र अभियानका साथीहरू राजनीतिक दल गठन गरी सक्रिय राजनीतिमा प्रवेश गर्ने अठोटमा रहेको बताउनुभयो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



