
झापा, २३ भदौ । जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
उनले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन् । सोमबार साँझ बसेको कांग्रेस पदाधिकारीहरूको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो । ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए ।
जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ । काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ । अढाई सयभन्दा बढी घाइते भएका छन् । बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



