
झापा, २४ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजीको प्रदर्शनपछि सुरु भएको आन्दोनलको निकास देशभित्रबाटै निकाल्नुपर्ने बताएका छन् । उनको संवाद सचिवालयले मंगलबार विज्ञप्ति निकाल्दै आन्दोलन हिंसात्मक नबनाउन पनि आग्रह गरेका छन्।
‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस भन्ने धारणा राखि बक्सेको छ,’ सचिवालयले भनेको छ, ‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस भन्ने चाहना राखी बक्सेको छ।’
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



