
झापा, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ। सहमति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने तयारी गरेका छन्।
राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलका अनुसार कार्कीको शपथ बिहान ९ बजे शीतल निवासमा हुनेछ। यसअघि नयाँ सरकार गठनका विषयमा छलफल गर्न कार्कीसहितको टोली राष्ट्रपति निवास पुगेको थियो। उक्त टोलीमा जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी थिए।
यद्यपि कार्कीको नियुक्तिमा सहमति जुटे पनि संसद् विघटनको विषयमा अझै सहमति कायम हुन सकेको छैन। पोखरेलले भने, “यसबारे कार्कीको नियुक्तिसँगै सहमतिको औपचारिक जानकारी आउनेछ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



