
झापा, २९ भदौ । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ११ बजे सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिनेछ।
शुक्रबार शपथग्रहणपछि पदभार ग्रहणको तयारी भए पनि शपथमा ढिलाइ हुँदा कार्यक्रम स्थगित गरिएको थियो। आन्दोलनका क्रममा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा क्षति पुगेकाले कार्की हाल आफ्नै निजी निवासमा बसिरहेकी छन्।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



