
झापा, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्। उनको आगमनमा सरकारी कर्मचारीहरूले स्वागत गरेका थिए।
जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। कार्की मुलुकको ४२ औँ प्रधानमन्त्री बनेकी हुन्।
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। जेनजी आन्दोलनका क्रममा देशभर ५१ जनाको निधन भएको पुष्टि गरिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



