
झापा, २९ भदौ । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई शहीद घोषणा गरेको छ । साथै, घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ । यो जानकारी मुख्यसचिव एकनारायण अर्यालले दिएका हुन् ।
मुख्यसचिव अर्यालका अनुसार नयाँ सरकारका लागि सेवा प्रवाह चुनौतीपूर्ण बनेको छ । आन्दोलनका क्रममा धेरैजसो सरकारी कार्यालयहरू ड्यामेज भएका छन्, जसमा मन्त्रालय, अदालत, सिडिओ कार्यालयहरूसमेत तोडफोड र आगजनीको शिकार भएका छन् ।
उनले बाँकी रहेका कार्यालयहरूबाट सेवा प्रवाह गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । साथै, सुरक्षा व्यवस्था सुदृढ गर्दै कर्मचारीको मनोबल उच्च राखेर काम गर्नुपर्ने वर्तमान आवश्यकता रहेको उनले स्पष्ट पारे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



