
कनकाई, २६ असोज । गत असोज १८ गते आएको बाढीले झापाको कनकाई नगर क्षेत्रमा करिब ४ करोड बराबरको क्षति भएको छ ।
गरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा बाढीका कारण करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो ।
कनकाईमा कनकाई माई नदीमा आएको बाढीले करिब २५ बिघा जमिन कटान गरेको छ । करिब ८०० मिटर सडकमा क्षति पु¥याएको छ भने धानबालीमा क्षति भएको छ ।
“नदी नियन्त्रणका लागि नगरपालिकाले कनकाई र बिरीङ नदीमा तटबन्धन गरेकाले धेरै क्षति हुन पाएन”, नगर प्रमुख पोखरेलले भन्नुभयो, “नगर क्षेत्रमा बाढीका कारण करिब ५० घरधुरी प्रभावित भएका छन् ।”
विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा राहत वितरणको काम भइरहेको बताउनुहुँदै उहाँले तत्काल कार्यपालिकाको बैठकबाट निर्णय गरेर राहतका कार्यक्रम ल्याइने उल्लेख गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



