
झापा, २८ असोज । स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
आज सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



