
झापा, ३० असोज । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठिमा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।
स्थानीय ४२ वर्षीय सन्तोष लिम्बु टिमाई नहरमा करेन्ट प्रयोग गरी माछा मार्ने प्रयास गर्दै गर्दा अचानक करेन्ट लागेर बेहोस भएका थिए । घटना आज दिउँसो २ः३० बजेको हो ।
बेहोस अवस्थामा रहेका लिम्बुलाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएको थियो । तर अस्पतालमा ३ः०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
Facebook Comments Box


