झापा, २ कात्तिक । झापाको कचनकवल गाउँपालिका–२ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४९ वर्षीय लोकबहादुर गाइनेको अमलखुट्टा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा मृत्यु भएको हो ।
आज दिउँसो करिब १ः१० बजे भएको हो । मृतक गाइने कचनकवल गाउँपालिका–२ निवासी सन्ताने गाइनेका छोरा हुन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।
प्रहरीका अनुसार गाइनेले खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गर्दा आफैँ करेन्टको चपेटामा परेका थिए । घटनास्थलमा नै उनको मृत्यु भएको पुष्टि गरिएको छ । हाल घटनाबारे थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


