झापा, ३ कात्तिक । झापाको बिर्तामोड नगरपालिका–५ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर हिलिहाङ गाउँपालिका–६ का डम्बर बहादुर मैनालीको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला पारी प्रकाउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


