झापा, ९ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ।
श्रम स्वीकृति लिएर विदेशमा गएका कामदारको मृत्यु, अङ्गभङ्ग वा गम्भीर बिरामीका कारण कल्याणकारी कोषबाट शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका सन्ततिहरूलाई छात्रवृत्तिका लागि आवेदन दिन सकिनेछ।
आवेदन यही कात्तिक मसान्तभित्र आफू अध्ययनरत शैक्षिक संस्थाबाट कार्यविधि २०८० को अनुसूची ९१० अनुसारको ढाँचामा पेश गर्नुपर्नेछ।
Facebook Comments Box


